काठमाडौं- कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले पदबाट राजीनामा दिएका छन्। करिब ३ वर्ष मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका जिसीले माघ महिनाभरिमात्रै मन्त्रालयमा रहने भन्दै राजीनामा पेश गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जनाएको छ।
सचिव जिसीको राजीनामा मुख्यसचिव हुँदै मन्त्रिपरिषदमा पेश गरिएको र स्वीकृत गर्ने-नगर्नेबारे निर्णय आउन बाँकी रहेको स्रोतले जानकारी दिएको छ।
खुला प्रतिस्पर्धाबाट सहसचिव बनेका जिसी २०७३ माघ ६ गतेको मन्त्रिपरिषद निर्णयबाट सचिवमा बढुवा भएको थिए। उमेरहद बाँकी रहनुका साथै सचिवका रुपमा उनको सेवाअवधि सकिन २ वर्ष अझै बाँकी छ।
निजामती कर्मचारीले पेन्सन पाउनका लागि २० वर्ष सेवा गरेको हुनुपर्ने प्रावधान छ। तर जिसी भने २० वर्ष नपुग्दै सेवानिवृत्त हुने भएपछि उनले पेन्सनसमेत नपाउने अवस्था थियो।
जिसी प्राविधिक तर्फका सचिव हुन। त्यसअघि जिसीले कृषि विभागको महानिर्देशकका रुपमा ३ वर्ष काम गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।