काठमाडौं- कर्जा विस्तारमा आक्रमक कुमारी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १८.७५ प्रतिशतले नाफा बढाएको छ। बैंकले यसै अवधिमा ८० करोड ३० लाख रुपैयाँ नाफा गरेको छ।
पुँजी ३३ प्रतिशतले बढ्दा पनि नाफामा भएको सुधारले प्रतिशेयर आम्दानी थप एक रुपैयाँ बढाउन सफल भएको बैंकले जनाएकाे छ। बैंकका अनुसार प्रतिशेयर आम्दानी १९ रुपैयाँ छ।
गत वर्षको तुलनामा निक्षेप संकलन ६.९३ प्रतिशतले सुधार हुँदा कर्जा विस्तार भने १४.३५ प्रतिशतले बढेको छ। दोस्रो त्रैमासिक अवधिमा निक्षेपभन्दा कर्जा लगानी बढी देखिएकाे छ। यसै अवधिमा ८० अर्ब ६७ करोड रुपैयाँ निक्षेप संकलन गरी ८० अर्ब ९२ करोड रुपैयाँ कर्जा विस्तार गरेको बैंकले जनाएकाे छ।
शाखा विस्तार तथा नयाँ कर्मचारी भर्ना गर्दा सञ्चालन खर्च ३४ प्रतिशतले बढेको छ। बैंकका अनुसार यस्तो खर्च ६१ करोड ९२ लाख रुपैयाँ पुगेको छ। बैंकले खराब कर्जा थप सुधार गर्दै १.०४ प्रतिशतमा झार्न सफल भएको छ। स्प्रेडदर अझै पनि नेपाल राष्ट्र बैंकको निर्देशनभन्दा तल ४.३७ प्रतिशत छ।
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।