काठमाडौं- स्प्रेडदर बढाएर खुद व्याज आम्दानी १७.११ प्रतिशतले बढाउदा पनि नाफा भने ५.१८ प्रतिशत मात्रै सुधार भएको माछापुच्छ्रे बैंकले जनाएकाे छ।
बैंकको सञ्चालन खर्च ३३ प्रतिशतले बढ्दा नाफामा खासै सुधार नआएको हो। चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा बैंकले ८२ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकले गत वर्षको यहि अवधिमा ७८ करोड १३ लाख रुपैयाँ थियो। दोस्रो त्रैमासिक अवधिमा खुद व्याज आम्दानी एक अर्ब ९८ करोड रुपैयाँ आर्जन गरेको छ। गत वर्षको यहि अवधिमा यस्तो आम्दानी एक अर्ब ६९ करोड रुपैयाँ थियो।
बैंकको सञ्चालन खर्च ३३.६७ प्रतिशतले बढेर ८१ करोड ८२ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यस्तो खर्च ६१ करोड २२ लाख रुपैयाँ थियो। शाखा विस्तार तथा नयाँ कर्मचारी भर्ना गरेको बैंकको खर्च थप बढेको हो।
यसै अवधिमा बैंकले निक्षेप संकलन १४.५० प्रतिशतले सुधार हुँदा कर्जा लगानी १७.२७ प्रतिशत थियो। दोस्रो त्रैमाशिक अवधिमा ९७ अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन गरी ८७ अर्ब ५४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
खराव कर्जा थोरैले बढेर ०.४५ प्रतिशत छ। निक्षेपमा उल्लेख्य सुधार गरेको बैंकको कस्ट अफ फण्ड बढेको छ। प्रतिशेयर आम्दानी १९ रुपैयाँ छ। नयाँ गणना विधिले स्प्रेडदर ५.२४ प्रतिशत पुगेको छ। बैंकले अबको छ महिनाको अवधिमा यसलाई ४.४४ प्रतिशतमा झार्नु पर्ने दबाब छ।
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।