काठमाडौं- कर्जा विस्तारमा आक्रामक देखिएको प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा २२.६१ प्रतिशतले नाफा बढाएको छ।
बैंकले निक्षेप संकलन ४.७३ प्रतिशतले मात्रै सुधार गर्दा कर्जा विस्तार भने ११.४५ प्रतिशतले बढाएको हो। दोस्रो त्रैमाशिक अवधिमा बैंकले एक अर्ब ३० करोड रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा एक अर्ब ६ करोड रुपैयाँ नाफा गरेको थियो।
कर्जा लगानी बढेसँगै खुद व्याज आम्दानी पनि २२.१४ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा दुई अर्ब १६ करोड रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको छ।
यसै अवधिमा बैंकले ८० अर्ब ३५ करोड रुपैयाँ निक्षेप संलन गरी ८० अर्ब ९१ करोड रुपैयाँ ऋण लगानी गरेको छ। निक्षेपभन्दा कर्जा विस्तार धेरै देखिन्छ। चुक्ता पुँजी ९ अर्ब ६८ करोड रुपैयाँ रहेको बैंकको पुँजीकोष अनुपात १३.२३ प्रतिशत छ।
खराब कर्जा ०.१३ प्रतिशत विन्दुले घटेर १.४५ प्रतिशतमा झार्न सफल भएको छ। निक्षेपभन्दा कर्जा लगानी धेरै गरेको बैंकको कस्ट अफ फण्ड पनि घटेर ७.६५ प्रतिशतमा झरेको छ। आधार व्याजदर एकल विन्दुमा झार्न सफल भएको छ। प्रतिशेयर आम्दानी चार रुपैयाँले सुधार भइ २६ रुपैयाँ पुगेको छ।
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।