काठमाडौं- अग्नि फाउन्डेसनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको बाल सघन उपचार कक्ष (पिसिआइसियू) र नवजात शिशु सघन उपचार कक्ष (एनआइसियू) पुनर्निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ।
पुनर्निर्माण तथा सुधार गर्ने क्रममा अग्नि फाउण्डेशनले ‘अग्नी विंग’को नाममा अस्पतालमा बालबालिकाका अभिभावक र आगन्तुकका लागि प्रतिक्षा कक्ष पनि निर्माण गरेको छ।
समय नपुगी जन्मिएका र जन्मिदा कम तौल भएका शिशुहरूका लागि पिसिआइसियू र एनआइसियू पुनर्निर्माण तथा सुधारको कार्य निकै महत्वपूर्ण भएको फाउण्डेशनकी संस्थापक सुसन वैद्य श्रेष्ठले बताइन्।
अस्पतालमा रहेको बाल चिकित्सा विभागको पिआइसियू र एनआइसियूको पुनर्निर्माण तथा सुधारको कार्य सकिएपछि त्रिविका उपकुलपति डा धर्मकान्त बास्कोटा‚ अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र अग्नि फाउण्डेशनकी संस्थापक सुसन वैद्य श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।