काठमाडौं- महालेखा परीक्षक टंकमणी शर्माले वित्तीय पारदर्शिता र आर्थिक अनुशसानका लागि चार्टर्ड एकाउन्टेन्टहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था आइक्यानको २३ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सिएहरुले उच्च पेशागत मर्यादामा बसेर काम गर्दा धेरै समस्या समाधान भएर जाने बताए।
सरकारी लेखामा भन्दा निजी क्षेत्रको लेखा भद्रगोल भएको र यसबाट समग्र सार्वजनिक वित्त नै प्रभावित हुने उनको भनाइ छ।
ठूला बहुराष्ट्रिय कम्पनीदेखि ठूला घरानीयाले दुइप्रकारका विवरण तयार गरिरहेको र यसमा अडिटरहरुले सहयोग गरेको उनको आशंका छ।
'अडिटरले हिसाब मिलाउछन् भन्ने मानसिकता। अडिटर आफैं खाता बोकेर हिँड्छन्। यसरी खातै बोक्न रहर भए लेखापाल हुनुहोस्। अडिटरको काम खाता मिलाउने होइन तथ्यबाट प्रमाणित गर्ने हो' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।