काठमाडौं- लामो समयदेखि जहाज खरिदका लागि लिएको ऋणको किस्ता र ब्याज रकम नतिरेको नेपाल एयरलाइन्सले २०७६ कात्तिक, मंसिर र पुस गरी तीन महिनाको (एक) किस्ता तिरेको छ। तर किस्ता बापत तिरेको रकम पूर्ण भने होइन।
वाइडबडी र न्यारोबडी जहाज खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानीकोषबाट लिएको ऋणको किस्ता र ब्याज बापतको रकम झन्डै १ अर्ब २३ करोड रुपैयाँ हुने भएपनि जम्मा १ अर्ब १ करोड ४१ लाख ६४ हजार ३ सय ९३ रुपैयाँमात्रै तिरेको छ।
२०७५ कात्तिकदेखिको ऋणको किस्ता र ब्याज रकम अहिले साँवा रकममा परिणत भइसकेको छ।
यसरी निगमले लिएको ऋणको पुस महिनासम्मको किस्ता १ अर्ब २३ करोडभन्दा बढी हुन्छ। निमगले ऋण लिँदा वर्षमा ४ किस्ता तिर्ने गरी प्रत्येक ३/३ महिनामा किस्ता तिर्नुपर्ने हुन्छ।
सोहीअनुसार निगमले पुसमहिनासम्मको किस्ताबापतको रकममा झन्डै २२ अर्ब कम गरी सञ्चय कोष र लगानी कोषलाई एकमुष्ठ १ अर्ब १ करोड ४१ लाख ६४ हजार ३ सय ९३ रुपैयाँ भुक्तानी गरेको हो।
जसमा निगमले २ वटा वाइडबडी खरिद लिएको ऋणको किस्ता बापतको ६६ करोड ५५ लाख ९९ हजार ७ सय ७० र न्यारोबडी जहाज खरिदका लागि लिएको ऋणको किस्ता बापत ३४ लाख ८५ लाख ६४ हजार ६ सय २३ रुपैयाँ तिरेको हो।
जसमा सञ्चय कोषलाई ५७ करोड र लगानी कोषलाई ४४ करोड रुपैयाँ तिरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।