काठमाडौं- टोयोटा मोटर्सको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस) डिलर भेला सम्पन्न गरेको छ।
गत सोमबार पोखरामा संचालन गरिएको उक्त बैठकमा युटिएसकी प्रबन्ध निर्देशक रितु वैद्यलगायत देशभरका टोयोटा थ्रीएस डिलरहरुले सहभागिता जनाएका थिए।
उक्त भेलाको उद्देश्य युटिएसले वषौंदेखि ग्राहकहरुलाई प्रदान गर्दै आएको टोयोटाका सवारीहरुको बिक्री र सेवाहरुको सुधार गर्दै अझै व्यापक बनाउन केन्द्रित रहनु रहेको थियो। साथै डिलरहरुबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउनु पनि थियो।
टोयोटाले नेपालमा विगत ५० वर्षभन्दा बढी समयदेखि विभिन्न मोडलका सवारीहरु बिक्री गर्दै आएको छ। देशभर फैलिएको बिक्री सञ्जाल, सेवा केन्द्रले प्रदान गर्दै आएको सहज सेवा तथा सुविधाका कारण ग्राहकको आँखामा विश्वासिलो ब्राण्ड टोयोटा बनको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।