काठमाडौं- हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले हिरो मेघा एक्सचेन्ज कार्यक्रम आयोजना गरेको छ।
शुक्रबारबाट सुरु भएको मेघा एक्सचेन्ज ३ दिनसम्म चल्नेछ।
काठमाडौंको सिफल ग्राउण्डमा सुरु भएको मेघा एक्सचेन्जमा ग्राकहले ल्याउने जुनसुकै ब्रान्डका मोटरसाइकलको मूल्यांकनमा एनजिएमले थप १० हजार रुपैयाँ प्रदान गर्ने बताएको छ।
हिरोको नयाँ मोटरसाइकल एक्सपल्स २०० टी र एक्सपल्स २०० नेपाल भित्रिएको छोटो समयमा निक्कै लोकप्रिय बनेको छ।
हिरोका एक्सपल्स सहित सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस, एक्सट्रिम सिरिज, स्कुटरमा प्लेजर, मेस्ट्रो, डेस्टिनीलगायत अन्य मोटरसाइकल तथा स्कुटर उपलब्ध रहेका छन्।
माइलेज तथा प्रविधि खोज्ने उपभोक्ताको रोजाइमा हिरोका मोटरसाइकल पर्ने गरेका छन्। तीन दिनसम्म संचालन हुने यो मेघा एक्सचेन्जबाट धेरै सहज र सुविधामा मोटरसाइकल खरिद गर्न सक्ने हिरोले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।