काठमाडौं– पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप जग्गा अधिग्रहणका बारेमा सांसदले चासाे व्यक्त गरेका छन्।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद खगराज अधिकारीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप जग्गा अधिग्रह हुन्छ कि हुँदैन भनेर प्रश्न गरेका हुन्।
उनले विमानस्थलका लागि थप १ सय ४ रोपनी जग्गा अधिग्रहण गर्ने विषय सत्य हो भनेर प्रश्न गरेका छन्। ‘जग्गा अधिग्रहणमा उचित मुआब्जा पाउँछन कि पाउँदैन,’ उनले भने, ‘अब थप जग्गा अधिग्रहण गर्ने कार्य छ कि छैन? विमानस्थलको तल्लो क्षेत्रमा रहेको हजारौं हेक्टर क्षेत्रफलमा रहेको जग्गाको सिचाई के हुन्छ।’
विमानस्थल निमार्णका लागि तयार गरिएको विस्तृत अध्ययन प्रतिवेदन तथा वातावारण प्रभाव मूल्यांकन रिर्पोट किन सार्वजनिक नभएको भन्दै उनले प्रश्न गरे। साथै अधिकारीले तत्काकाल विस्तृत प्रतिवेदन सार्वजनिक गर्न समेत भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।