काठमाडौं- सुनकाे मूल्य आज घटेकाे छ। सुनकाे मूल्य बिहीबारको तुलनामा प्रतितोला ३ सय रुपैयाँले घटेको हो।
शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँ तोकिएको छ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज लागि तेजावी सुनको मूल्य प्रतितोला ७५ हजार ७ सय रुपैयाँ तोकिएको छ। बिहीबार तेजावी सुन प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भएको थियो।
शुक्रबारका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले चाँदीको मूल्य प्रतितोला ८ सय ९० रुपैयाँ तोकेको छ। बिहीबार चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।