पोखरा- गण्डकी प्रदेशमा ड्याटसन कम्पनीको युरो मापदण्डका नयाँ गाडीले ट्रायल दिने व्यवस्था बिहीबारदेखि सुरु भएको छ।
यसअघि कारको सवारी चालक अनुमतिपत्रको लागि ३ सय रुपैयाँ शूल्क लाग्नेमा अब नयाँ व्यवस्थापनमा २४ रुपैयाँमै ट्रायल दिन पाइने भएको छ। सनराइज ड्राइभिङ स्कुलअन्तर्गतको कुसुम सप्लायर्स र यातायात व्यवस्था कार्यालय गण्डकीको सहकार्यमा नयाँ व्यवस्था सुरु भएको हाे।
सवारी चालक अनुमतिपत्र गण्डकी प्रदेशका शाखा अधिकृत भरतराज काफ्ले, गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका नायव उपरीक्षक टेकबहादुर कार्की, सनराइज ड्राइभिङ स्कुलका अध्यक्ष बसन्त भट्टचन र दीपक गुरुङले संयुक्त रुपमा उद्घाटन गरे।
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र गण्डकी प्रदेशका शाखा अधिकृत भरतराज काफ्लेले नयाँ मोडेलका गाडीले ट्रायल दिँदा केही समय पास हुने रिजल्ट राम्रो नआए पनि दीर्घकालीन रुपमा समाज र सडकमा राम्रो प्रभावपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।