जनकपुर- प्रदेश सरकारको समन्वयमा प्रदेश २ बाट वैदेशिक रोजगारीमा जाने युवाहरुले बिनाधितो सहुलियत ऋण पाउन सुरु गरेका छन्।
प्रदेश सरकार, सिप परियोजना र प्रभु बैंकबीच वैदेशिक रोजगारमा जानेहरुलाई सहुलियत दरमा बिनाधितो ऋण उपलब्ध गराउन भएको सम्झौताअनुसार प्रभु बैंकले बिहीबारबाट युवाहरुलाई ऋण दिन सुरु गरेको हो।
जनकपुरको सिता शरण होटलमा आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री लालबाबु राउतले प्रभु बैंकको वैदेशिक रोजगार कर्जाको शुभारम्भ गरेका हुन्। कार्यक्रममा प्रदेश २ का ९ जना युवाहरुले पहिलो दिन उक्त कर्जा प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।