• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

म्यानपावरको बदमासी : उन्मुक्तिका लागि संस्थागत ठगीलाई व्यक्तिगतमा ‘कन्भर्ट’

पीडितलाई सरकारको जवाफ- पैसा बुझाउने बेला हामीलाई सोध्या थियो र?
64x64
नेपाल लाइभ शुक्रबार, माघ १७, २०७६  ०९:५९
1140x725

काठमाडौं- चार युवाबाट लाखौँ रकम असुली गरी उन्मुक्तिका लागि एक म्यानपावर सञ्चालकले गरेको बदमासी खुलासा भएको छ। 

गल्फ रिक्रुटमेन्ट म्यानपावर सञ्चालक (हाल साधना म्यानपावरसँग मर्जर भइसकेको) कृष्णबहादुर तामाङले यस्तो बदमासी गरेको सार्वजनिक भएको हो। 

आफ्नो म्यानपावरबाट चेक रिपब्लिकमा प्याकिङ काममा पठाइदिन्छु भन्दै ४ युवालाई ठगी गरी उन्मुक्तिका लागि तामाङले संस्थागत ठगीलाई व्यक्तिगत ठगीमा परिणत गरिदिएका हुन्। 

यसरी खुल्यो घटना
म्यानपावरबाट ठगिएका पीडितले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए। 

धरौटी रकम कटौतीको प्रक्रियामा जान ७ दिन मात्रै म्याद बाँकी थियो।

धरौटी रकम कटौतीमा जानुअघि पीडितको माग र प्रमाणका आधारमा क्षतिपूर्ति दिनु नपर्ने भए लिखित जवाफसहित विभागमा उपस्थित हुन गत मंसिर २ गते विभागले पत्र काटेको थियो‍।  

सो पत्रमा लेखिएको छ, ‘विक्रम कार्कीलगायत ४ जना पीडितलाई वैदेशिक रोजगारीमा चेक रिपब्लिक पठाउने भनी ११ लाख ५० हजार रकम लिई लिखितसमेत गरी वैदेशिक रोजगारीमा नपठाएकाले पीडितको समस्या समाधान गर्न तोकिएको ३ दिने र २४ घण्टे पत्रद्वारा जानकारी गराइएकोमा हालसम्म पीडितको समस्या पूर्ण रुपमा समाधान हुन नसकेकाले प्रालिको धरौटी कट्टा गरी पीडितको माग र प्रमाणका आधारमा क्षतिपूर्ति दिनु नपर्ने आधार प्रमाणका कारण र कागजात भए सो समेत लिई (७) दिन भित्र विभागमा उपस्थित हुन जानकारी गराईन्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

सो पत्रपछि म्यानपावर सञ्चालक कृष्णबहादुर तामाङ विभागमा उपस्थित भई ती युवासँग गरिएको कारोबार म्यानपावर तथा शेयर लगानीकर्तासँग सम्बन्धित नभएकाले पीडितको क्षतिपूर्ति सबै आफैँ व्यहोर्ने हुँदा धरौटीबाट नकटाउन सनाखत गरे। त्यसपछि उनी सम्पर्कविहीन छन्। 

धरौटी काटेर भएपछि आफूले बुझाएको रकम फिर्ता पाइन्छ भन्ने झिनो आश बोकेका ती युवा म्यानपावर सञ्चालक फरार भएसँगै थप चिन्तामा छन्। 

‘म्यानपावरविरुद्ध हामीले हालेको उजुरी हामीलाई थाहै नदिई व्यक्तिगत उजुरी भएछ, हामीले म्यानपावरमै गएर रकम बुझाएको हो। त्यसलाई पनि व्यक्तिगत भन्न मिल्ने रहेछ। अब हाम्रो पैसा कसले दिन्छ?,' पीडित विक्रम कार्कीले नेपाल लाइभसँग भने।

विभागको जवाफ- रकम बुझाउने बेला हामीलाई सोध्या थियो र?
‘मर्जर भएको साधना म्यानपावरमा जाँदा जाँ जान्छस् जा भन्छ। वैदेशिक रोजगार विभागमा पुग्यो पैसा बुझाउने बेलामा हामीलाई सोध्याथिस् र भनेर विभागका कर्मचारीले ठाडो जवाफ फर्काउँछन्। हामी कहाँ जाने?,’ काठमाडौं टेकुका अजय परियारले प्रश्न गरे। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अधिकांश पीडितको गुनासो अजयको जस्तै छ, 'वैदेशिक रोजगारीका क्रममा साहुबाट ऋण लिएको रकम कि त म्यानपावरले खाइदिन्छ कि दलालले।'

त्यसपछि न्यायको झिनो आश बोकेर विभाग पुगेका अधिकांश पीडितलाई कर्मचारीले दिने जवाफ यस्तै हुने गरेको अधिकांश पीडित पक्षको गुनासो छ। 'अब हामी कहाँ जाने,' पीडित ती युवाले प्रश्न गरे।

यसरी ठगिएका थिए युवा 
चेक रिपब्लिक मुलुकमा मासिक ८० हजार नेपाली रुपैयाँ कमाइ हुने प्याकिङ कामका लागि आफ्नो म्यानपावरमा डिमान्ड आएको म्यानपावर सञ्चालक तामाङले ओखलढुंगा चम्पादेवी गाउँपालिकाका टेकबहादुर कार्कीलाई सुनाउँछन्। तामाङ चिनजानकै व्यक्ति भएकाले टेकबहादुरले सजिलै विश्वास गरे। 

राम्रो काम र कमाइ भएपछि उनी आफ्ना ३ जना छोरा (विक्रम कार्की, विष्णुबहादुर कार्की र सन्तोष कार्की) रिपब्लिक मुलकलाई पठाउन तयार हुन्छन्। उनीहरुसँगै विक्रमका साथी टेकुका अजय परियार पनि रिपब्लिक जान तयार भए। 

सुरुमा म्यानपावरले भिसा प्रोसेसिङका लागि भन्दै जनही १ लाख माग्यो। उनीहरू सो रकम बुझाए। 

दोस्रो पटक वर्क पर्मिट तथा अन्तर्वार्ताका लागि भन्दै पुनः ४ जनाबाट ११ लाख ५० हजार रकम माग गर्‍यो। राम्रो कमाई हुने भएपछि उनीहरुले सो रकम पनि दिए। 

रिपब्लिक मुलुकको दूतावास नेपालमा नभएकाले भारत हुँदै जानु पर्ने सुनाइयो उनीहरुलाई। काठमाडौंबाट उनीहरू दिल्ली पुगे। 

भारतमा पुगेर १५ दिन बसे। भिसा नआएको भनिएपछि उनीहरु फर्किए। 

विष्णुबहादुर कार्की भने ३ पटक भारत पुगेर फर्किएका युवा हुन्। उनको सबै डकुमेन्ट नक्कली भएको दूतावासले बताएपछि बल्ल आफूहरू ठगिएको थाहा भयो। त्यसपछि म्यानपावरको कार्यालयमा पुग्दा म्यानपावर बन्द थियो। सञ्चालकलाई फोन गर्दा सम्पर्क हुन सकेन। 

उजुरी गर्नका लागि बुझाएको रकमको कुनै प्रमाण थिएन उनीहरुसँग।

गत साउनमा म्यानपावर सञ्चालक फेला पारी रिपब्लिक मुलुक पठाउनका लागि भन्दै आफूहरुबाट पहिलो चरणमा ४ लाख र दोस्रो चरणमा ११ लाख ५० हजार गरी १५ लाख ५० हजार रकम लिएको लिखत तयार गरे। सोही लिखतका आधारमा गत साउन १२ गते उनीहरूले विभागमा म्यानपावर उपर उजुरी दिएका थिए। 

उजुरी दिएको ६ महिना बितिसक्दा पनि पीडितले क्षतिपूर्ति पाउन सकेका छैनन्।

म्यानपावरले बदमासी गरी व्यक्तिगत ठगी भएको सनाखत गरी फरार हुँदा पीडितहरूले क्षतिपूर्ति पाउने समय लम्बिएको हो।  

वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालसँग यस सम्बन्धमा नेपाल लाइभले प्रतिक्रिया लिँदा आफूले फाइल नै नहेरेको प्रतिक्रिया दिए। यस विषयमा उनले थप कुराकानी गर्न चाहेनन्। 

प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६  ०९:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ?
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्