काठमाडौं- सरकारले गोकर्ण फरेस्ट रिसोर्टको समय थपको विवाद नसकिँदै दुईपक्षीय सम्झौता गरेको छ। बिहीबार संसदको सार्वजनिक लेखा समितिमा नेपाल ट्रस्टका निमित्त सचिव राजेश्वर ज्ञावालीले यस्तो बताएका हुन्।
सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै ज्ञावालीले मंसिर २३ गते मन्त्रिपरिषद्बाट समय थपको निर्णय भइसकेकाले माघ २ गते नेपाल ट्रस्ट र गोकर्ण रिसोर्ट सञ्चालकबीच सम्झौता भएकाे जानकारी गराए। उनले लेखा समितिमा भने, ‘माननीयज्यूहरुले नै बनाउनु भएको ऐन तथा नियमावलीमा टेकेर समय थप गरिएको र त्यसैको आधारमा सम्झौता भएको हो।’
गोकर्णको लिज समय नसकिँदै समय थप गरिएको विषयमा सर्वत्र सरकारको आलोचना भइरहेको छ। आलोचनाकै बीच सरकारले समय थपको निर्णयसँगै दुई पक्षबीच सम्झौता नै गरिसकेको ट्रस्टका निमित्त सचिव ज्ञावालीले लेखा समितिलाई बताएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।