काठमाडौं– सनराइज बैंकले चालु आर्थिक वर्षको छ महिनामा ९४ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकले गत वर्षको यही अवधिको तुलनामा १९.१३ प्रतिशतले नाफा बढाएको हो। निक्षेपभन्दा कर्जा बिस्तारमा आक्रामक देखिएको बैंकले नाफा बढाउन सफल भएको हो।
बैंकले खुद ब्याज आम्दानी १८.९४ प्रतिशतले बढाएको छ। दोस्रो त्रैमासिक अवधिमा बैंकले दुई अर्ब चार करोड रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ। गत वर्षमा एक अर्ब ७२ करोड रुपैयाँ आम्दानी गरेको थियो।
एक वर्ष अवधिमा बैंकले निक्षेप संकलन ८ प्रतिशतले सुधार गर्दा कर्जा लगानी भने ११.५६ प्रतिशतले बढाएको छ। दोस्रो त्रैमासिक अवधिमा ८२ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरि ७५ अर्ब ५८ करोड रुपैयाँ कर्जा बिस्तार गरेको छ।
ऋणपत्र, पुँजी र जगेडामा भएको वृद्धिसँगै बैंकको पुँजीकोष अनुपात थप २.२४ प्रतिशत विन्दुले बढेको छ। बैंकको कर्जा बिस्तार गर्ने सीमा अझै बढेको हो। खराब कर्जा थप ०।४३ प्रतिशत विन्दुले बढेर १.६९ प्रतिशत पुगेको छ। निक्षेपको ब्याजदरमा कमी आउनुका साथै कर्जा बिस्तार धेरै हुँदा बैंकको कस्ट अफ फण्ड घटेको छ। स्प्रेडदरको नयाँ गणना विधिले थप बढेको छ। प्रतिशेयर आम्दानी दुई रुपैयाँले बढेर २१ रुपैयाँ पुगेको छ।
सनराइज बैंकको छ महिनाको वित्तीय विवरण

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।