काठमाडौं– एभरेष्ट बैंकले चालु आर्थिक वर्षको छ महिनामा एक अर्ब ५० करोड रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकले गत वर्षको यही अवधिमा एक अर्ब ४२ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकले गत वर्षभन्दा ५।५९ प्रतिशतले नाफा सुधार गरेको हो।
बैंकको निक्षेप संकलनको तुलनामा कर्जा बिस्तार कम देखिएको छ। एक वर्ष अवधिमा बैंकले १३।७० प्रतिशतले निक्षेप बढाउँदा कर्जा बिस्तार भने जम्मा ७।०३ प्रतिशतले मात्रै बढेको छ। निक्षेपको तुलनामा कर्जा बिस्तार कम हुँदा खुद ब्याज आम्दानी ८।६६ प्रतिशतले मात्रै बढेको छ।
दोस्रो त्रैमासिक अवधिमा बैंकले दुई अर्ब ९० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षको सोही अवधिमा दुई अर्ब ६७ करोड रुपैयाँ थियो। छ महिना अवधिमा बैंकले एक खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब १४ रुपैयाँ कर्जा लगानी गरेको छ।
गत वर्षको सोही अवधिमा एक खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ५ अर्ब रुपैयाँ कर्जा बिस्तार भएको थियो। बैंकको पुँजीकोष अनुपात १२।३३ प्रतिशत छ। खराब कर्जा थप सुधार हुँदै ०।१६ प्रतिशतमा झार्न सफल भएको छ।
आधार व्याजदर र कस्टअफ फण्ड भने बढेको छ। बैंकमा निक्षेप थुपारिँदा बैंकको कस्ट अफ फण्ड बढेको हो। नेपाल राष्ट्र बैंकले स्प्रेड दर गणना विधि परिवर्तन गर्दा बैंकको स्प्रेड थप बढेको छ। राष्ट्र बैंकको पछिल्लो गणना विधिले सम्पूर्ण बैंकहरुको स्प्रेड गत वर्षको भन्दा बढी देखिँदै आएको छ। प्रतिशेयर आम्दानी ३५ रुपैयाँ छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।