काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एक वर्ष अवधिको मुद्दती निक्षेपमा लगानी गर्न आह्वान गरेको छ।
राष्ट्र बैंकले बाणिज्य बैंक, विकास बैंक र फाइनान्सहरुलाई व्याजदरसहित प्रस्ताव आह्वान गरेको हाे। बैंकले १० करोड ४८ लाख रुपैयाँको मुद्दती निक्षेपमा राख्नेछ।
बैंक तथा फाइनान्सले रकम र व्याजदरसहित प्रस्ताव पेश गर्न सक्नेछन्। राष्ट्र बैंकले २०७६ फागुन १ गतेदेखि २०७७ फागुन १ गतेसम्मको अवधिका लागि निक्षेप प्रदान गर्ने छ।
प्रस्ताव आह्वान गर्ने बैंक तथा फाइनान्स सञ्चालनमा आएको कम्तिमा दुई वर्ष भएको हुनु पर्नेछ।
खराब कर्जा ५ प्रतिशतभन्दा कम भएको हुनु पर्नेछ। समस्याग्रस्तको सूचीबाट हटेको कम्तिमा पनि ६ महिना भएको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ।
बैंक तथा फाइनान्सले माघ १७ गतेसम्ममा शिलबन्दी दरभाउपत्र बुझाइसक्नु पर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।