काठमाडौं- बैंकिङ क्षेत्रमा तरलताको अभाव देखिएपछि नेपाल राष्ट्र बैंकले ७ दिनको लागि १० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ। राष्ट्र बैंकले माघ १६ गतेदेखि २३ गतेसम्मको अवधिका लागि तरलता प्रदान गर्ने भएको हो।
उक्त रिपोका लागि वाणिज्य बैंक‚ विकास बैंक र फाइनान्सले बोलकबोल गर्न सक्नेछन्। बैंक तथा वित्तीय संस्थाले ४.५ प्रतिशतभन्दा कम ब्याजदरमा बोलकबोल गर्न पाउने छैनन्। निक्षेप सिर्जना हुन नसक्दा बैंकिङ प्रणालीमा तरलताको अभाव देखिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।