काठमाडौं- एभरेष्ट बैंकले ललितपुरको सानोगाउँमा ९५ औं शाखा कार्यालय खोलेको छ।
बैंकको नयाँ शाखाको उद्घाटन महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्र कुमार नेगीले संयुक्त रुपमा गरेका थिए।
उद्घाटन समारोहमा बैंकका उच्च अधिकारीहरु लगायत विभिन्न प्रतिनिधिहरुको उपस्थिती थियो।
बैंकले आफ्नो सेवा विस्तारका क्रममा नयाँ शाखा कार्यालय स्थापना गरेको हो।
नेपालभर बैंकको १० लाखभन्दा धेरै ग्राहक, तीनवटा एक्सटेन्शन काउन्टर, ३० वटा राजस्व संकलन काउन्टर, १ सय २२ वटा एटिएम मेसिन रहेका छन्।
बैंकले विश्वव्यापी सञ्जालमार्फत व्यावसायिक र कुशल बैंकिङ सुविधा प्रदान गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।