काठमाडौं– निजी हवाई सेवा प्रदायक हिमालयल एयरलाएइन्सले कोरोना भाइरसको कारण देखाउँदै चीनका तीन गन्तव्यमा उडान स्गगित गर्ने भएको छ।
एयरलाइन्सले यही माघ १८ गतेदेखि उडान अस्थायी रुपमा उडान बन्द गर्न लागेको हो। एयरलाइन्सका वरिष्ठ उपाध्यक्ष विजय श्रेष्ठका अनुसार चीनको स्यानजेङ, चाङसा र गुओइङमा उडान स्थगित गर्ने निर्णय भएको छ।
हिमालयले अक्टोबर २७ देखि चीनको बेजिङबाट उडान सुरु गरेको थियो। हिमालयले चीन उडानमा आक्रमक रुपमा बजार विस्तार गर्दै आएको थियो। नेपाल एयरलाइन्सले पनि यही मार्चको दास्रो सातादेखि चीन उडान गर्ने तयारी गरिरहेको बेला हिमालयले उडान बन्द गर्ने निर्णय गरेको हो।
चीनबाट अहिले एयर चाइना, चाइना इस्टर्न, सिचुवान र चाइना साउथनले नेपाल उडान गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।