काठमाडौं- नेपाल आयल निगमको रोहबरमा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, हवाई इन्धन ढुवानी इकाइ समितिका प्रतिनिधिबीच मंगलबार ४ बुँदे सहमति भएसँगै गत शनिबारबाट ठप्प रहेको हवाई इन्धन ढुवानी पुनः संचालनमा आउने भएको छ।
विभिन्न ९ बुँदे माग राख्दै हवाई इन्धन ढुवानी एकाइ समितिले ४ दिनदेखि हवाई इन्धनको ढुवानी ढप्प पारेको थियो।
सम्झौताअनुसार निगमको प्राविधिक टोलीले रक्सौल डिपोमा गई लोडिङ कार्यको निरीक्षण तथा सहजीकरण गर्ने, इन्धन लोड गर्ने तथा अनलोड गर्ने क्रममा डिपोमा हुने तापक्रमको अवस्थाअनुसार नै इन्धनमा हुने नोक्सानीको विवरण निकाल्ने व्यवस्था यथाशीघ्र लागू गर्ने र अहिलेका समस्या एक महिनाभित्र समाधान गर्न एक समिति गठन गर्ने सहमति भएसँगै हवाई इन्धन ढुवानी सुरु भएको हो।
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।