काठमाडौं- कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले चिनी उद्योगी पक्राउ गरेर मात्रै उखु किसानका समस्या समाधान नहुने बताएका छन्।
मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी कृषकका समस्या समाधानका लागि उद्योगीहरुलाई थुनेर मात्रै नहुने बताएका हुन्।
‘कृषि क्षेत्रमा म बुझिरहेको छु, बुझेर बाँकी कुरा बोल्छु। यति कुरा कबुल गर्छु। आश गर्नेहरुलाई निराश पार्दिनँ,’ मन्त्री भुसालले भने।
कृषि मन्त्रीका रुपमा पद बहाली गरेको दुई महिना बितिसक्दा पनि मन्त्री भुसाल सञ्चार माध्यमसँग खुल्न सकेका छैनन्।
कृषिका सम्बन्धमा धेरै कुरा बुझ्न बाँकी रहेकाले थप कुरा बुझिसकेपछि पत्रकार सम्मेलनमार्फत जानकारी गराउने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।