• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

गरिमापीडित किसानका विषयमा किन बोल्दैनन् कृषिमन्त्री भुसाल?

जिम्मेवारी पाएको विभाग भन्छ- बिउ वितरकलाई कारबाही हुन्छ, क्षतिपूर्तिबारे थाहा छैन
64x64
नेपाल लाइभ मंगलबार, माघ १४, २०७६  १९:२०
1140x725

काठमाडौं- कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेको साढे २ महिना बित्दा पनि कृषकका समस्याबारे मन्त्री भुसालले प्रतिक्रिया दिन अस्वीकार गर्दै आएका छन्। मंसिर ४ मा मन्त्रालयको जिम्मेवारीमा आएका उनले यसबीचमा मन्त्रालयले टुंगो लगाउनुपर्ने थुप्रै विषयमा मुख खोलेका छैनन्। 

मन्त्रालयले तत्कालै टुंगो लागाउनुपर्ने विषय थियो- बाला नलागेको धान गरिमाबाट पीडित कृषक मुद्दा। गरिमाबाट पीडित बनेका किसानले क्षतिपूर्ति पाउने-नपाउने विषयमा सरकारको आधिकारिक धारणा राख्नबाट मन्त्री भुसाल निरन्तर पन्छँदै आएका छन्। 

मंगलबार सञ्चारकर्मीहरूसँग भेटघाट कार्यक्रम राखेका मन्त्री भुसालले चिनी उद्योगीबाट भुक्तानी नपाएको विषय तथा गरिमा पीडित किसानले क्षतिपूर्ति पाउने–नपाउने विषयमा कुनै अभिव्यक्ति दिएनन्। 

सञ्चारकर्मीहरूले यी विषयमा प्रश्न गरे पनि मन्त्री भुसालले भने आफू विषयवस्तुलाई अझै गहन रूपमा बुझ्ने क्रममा रहेको र त्यसका लागि आफूले सुझावको अपेक्षा राखेकोबाहेक कुनै पनि कुरामा बोल्न चाहेनन्। मन्त्री भुसालले संचारकर्मीसँग सुझाव लिनका लागि कार्यक्रम आयोजना गरेको भन्दै सोधिएका कुनैपनि प्रश्नको जवाफ दिएनन्। 

भुसालले गत मंसिर ५ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। उनले मन्त्रालयको जिम्मेवारी सम्हालेको अढाई महिनाभन्दा बढी समय भइसकेको छ। तर पनि उनले आफू अझै बुझ्ने क्रममा रहेको र सबै कुरा विस्तृतमा जानकारी लिएपछि मात्रै जवाफ फर्काउने भन्दै सञ्चारकर्मीले सोधेका कुनै पनि प्रश्नको जवाफ दिने गरेको छैनन्। अब प्रश्न उठ्ने बेला भएको छ- मन्त्रालयका काम कारबाहीबारे बुझ्न मन्त्रीलाई कति समय लाग्छ? 

गरिमा धानमा बाला नलागेका कारण ९ हजारभन्दा बढी कृषक पीडित बनेको सन्दर्भमा थप अध्ययन र कारबाही प्रक्रिया अगाडि बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मातहतमा रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई जिम्मा लगाएको छ। 

यसरी गरिमा धान प्रकरणबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालय पन्छिएको देखिन्छ। मंगलबारको पत्रकार भेटघाट कार्यक्रममा गरिमा ‘प्रकरणबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालय पन्छिएको हो? भन्ने प्रश्नको समेत मन्त्री भुसालले उत्तर दिएनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यता गरिमा धान प्रकरणका सबै फाइल मगाएर थप अध्ययन तथा कारबाहीको प्रक्रिया अगाडि बढाउने जिम्मेवारी पाएको विभागले पनि यो विषयमा अहिलेसम्म कुनै ठोस कदम चालिसकेको छैन। 

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बिउ वितरक कम्पनीलाई कारबाही गर्ने सन्दर्भमा कसरी अगाडि बढ्ने भनेर छलफल भइरहेको भए पनि क्षतिपूर्तिका बारेमा भने विभागले कुनै काम गर्न नसक्ने बताए। 

‘हामीले वितरक कम्पनीलाई कानुनी दायरामा ल्याउनका लागि समिति नै बनाएर अध्ययन थाल्ने र सोही अध्ययनका आधारमा प्रकृया अगाडि बढाउन लागेका छौं,’ महानिर्देशक सुवेदीले भने, ‘क्षतिपूर्तिका लागि किसानले गर्ने मुद्दा/मामिलाका सन्दर्भमा विभागले केही हेर्छ। बाँकी कुरा मन्त्रालय र सरकारले के गर्ने भनेर कुनै निर्णय नगरेसम्म विभागले केही गर्दैन,’ उनले भने। 

वितरक कम्पनीलाई कारबाहीका लागि वाणिज्य विभागले पहल गर्ने भए पनि बिउबिजन ऐनले गरेको प्रावधानअनुसार उत्पादन गर्ने कम्पनीलाई कसरी र कसले कारबाही गर्ने भन्ने विषय अझै अनुत्तरित छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भारतको हैदरावादस्थित रिनोभा सिड साइन्स इन्डिया प्रालिले उत्पादन गरेको यो जातको बिउ नेपालमा आयात गर्नका लागि प्रस्तावक साउथ इस्ट एसिया सिड कम्पनी, नेपालगञ्ज देखिन्छ। त्यस्तै यसको आयातकर्ता कम्पनी दाङको लमहीमा रहेको सनराइज एग्रिकल्चर रिसर्च सेन्टर प्रालि हो। आयातकर्ता कम्पनी नेपालको भए पनि उत्पादक कम्पनी भारतको भएका कारण उक्त कम्पनीबाट क्षतिपूर्ति कसरी भराउने भन्ने विषय भने अझै टुंगो लागिसकेको छैन। 

गरिमा जात बिउ उत्पादन गर्ने कम्पनी भारतीय कम्पनी भएका कारण परराष्ट्र मन्त्रालयमार्फत् कुटनीटिक माध्यमबाट पहल गर्नुपर्ने देखिन्छ। तर कृषि मन्त्रालयले भने परराष्ट्र मन्त्रालयलाई यस विषयमा जानकारीसमेत गराएको छैन। 

गरिमा जातको बीउ भनी अरु नै प्रजातिको धानको बीउ बेचेर आम उपभोक्तालाई असर पुगेको भए पनि बीउबिजन ऐनले कारबाही र क्षतिपूर्तिका हकमा स्पष्ट व्यवस्था नगरेका कारण कृषि मन्त्रालयले गरिमा धानसँग सम्बन्धित फाइल वाणिज्य विभागमा पठाएको जनाएको छ।

बीउबिजन ऐन २०४५ ले बिउ उत्पादक तथा वितरकलाई कस्तो खालको कारबाही गर्ने भनेर स्पष्ट नभएका कारण कानुन मन्त्रालयसँगको राय/सुझावपछि विभागमा फाइल पठाएको कृषि मन्त्रालयले भनाई छ। 

उपभोक्ता संरक्षण ऐन २०७४ को दफा ५० मा क्षतिपूर्तिको दावी गर्न सकिने व्यवस्था उल्लेख छ। दफा ५० मा ‘कुनै वस्तुको त्रुटिपूर्ण उत्पादनको कारणबाट क्षति पुग्न गएमा त्यस्तो वस्तु वा सेवा उत्पादन, पैठारी, सञ्चय, ढुवानी, बिक्री वितरण वा प्रदान गर्ने जुन व्यक्तिको कारणबाट त्यस्तो हानि, नोक्सानी भएको हो सोही व्यक्तिबाट क्षतिपूर्ति भराई पाउन अदालत समक्ष त्यसरी हानी/नोक्सानी पुगेको मितिले छ महिनाभित्र उजुरी गर्न सक्नेछ,’ भनी उल्लेख गरिएको छ। 

यो ऐनमा भएको व्यवस्थाअनुसार किसानले क्षतिपूर्ति पाउन उजुरी गर्नुपर्नेछ। यसरी उपभोक्ताले गरेको उजुरी उपभोक्ता अदालतबाट सम्बोधन हुने कानुनी व्यवस्था रहे पनि उपभोक्ता अदालत गठन नभइसकेका कारण जिल्ला अदालतबाट हुनेछ। त्यस्तै दफा ५१ मा  क्षतिपूर्ति प्रदान गर्नुपर्ने व्यवस्था छ। 

उपभोक्ता संरक्षण ऐनमा भएको व्यवस्थाअनुसार गरिमा धानबाट पीडित किसानलाई क्षतिपूर्ति दिँदा बिउ उत्पादक र वितरकबाट शोधभर्नाका रूपमा क्षतिपूर्ति दिनुपर्छ। तर गरिमा जातको धानको बिउ उत्पादक कम्पनी रेनोभा सिड्स भने भारतको कम्पनी हो। रेनोभाले उत्पादन गरेको बिउ दाङ र चितवनका एग्रोभेटले ६ जिल्लाका किसानलाई बेचेका थिए।  

भारतीय कम्पनी भएको कारण उक्त कम्पनीबाट क्षतिपूर्ति तिराउने विषयमा नेपालले परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक प्रयास गर्नुपर्ने देखिन्छ। तर उत्पादक कम्पनीलाई छुट दिने र वितरक कम्पनीलाई मात्रै कारबाही गर्ने र उनीहरूबाट मात्रै क्षतिपूर्ति भराउने गरी मन्त्रालयले विभागलाई फाइलको जिम्मा लगाएको छ।

सम्बन्धित समाचार:

'गरिमा' पीडितलाई क्षतिपूर्ति दिन कानुनी र आर्थिक झन्झट, तेस्रोपटक अध्ययन गर्दै मन्त्रालय 

'गरिमा'पीडितले कहिले पाउलान् क्षतिपूर्ति?

‘गरिमाले गरिब बनायो’

चितवनमा गरिमा : १० करोडभन्दा बढीको क्षति, २६ सय ५२ कृषक पीडित

व्यवसायीलाई सधैं छुट!

गरिमा धान पीडित किसानलाई क्षतिपूर्ति दिन संसदीय समितिको निर्देशन

गरिमा धानको बिउ नै नक्कली, ४ महिनामा पाक्नुपर्ने धानमा बाला नलागेपछि किसान चिन्तित

प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६  १९:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्