• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

'गरिमा' पीडितलाई क्षतिपूर्ति दिन कानुनी र आर्थिक झन्झट, तेस्रोपटक अध्ययन गर्दै मन्त्रालय 

64x64
नेपाल लाइभ सोमबार, मंसिर ३०, २०७६  १३:४१
1140x725

काठमाडौं- गरिमा जातको धानमा बाला नलागेपछि पीडित किसानलाई कसरी क्षतिपूर्ति दिलाउने भन्ने विषयमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले तेश्रोपटक अध्ययन गर्ने तयारी गरेको छ। गरिमा पीडितलाई क्षतिपूर्ति दिन आर्थिक र कानुनी झन्जट देखिएको भन्दै मन्त्रालयले अर्को अध्ययन समिति बनाउने तयारी गरेको हो। 

मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले गरिमा पीडितलाई क्षतिपूर्ति दिलाउने विषयको कानुनी पाटो र कुन आधारमा क्षतिपूर्ति दिने भन्ने कुरा टुंगो लगाउन अध्ययन टोली बनाउन लागिएको जानकारी दिए। ‘गरिमा धानमा बाला नगालेपछि किसानलाई पुगेको क्षतिका बारेमा यसअघि नै एउटा समितिले अध्ययन गरेर प्रतिवेदन बुझाईसकेको छ। तर, त्यो प्रतिवेदनले डिटेलिङ गरेको छैन। यति क्षति भनेर एकिन मात्र गरेको हो। कुन मोडालिटीमा दिने, कानुनी हैसियत के हुने र यो विदेशी कम्पनीसँग जोडिएको विषय भएका कारण कसरी क्षतिपूर्ति भराउने भनेर अध्ययनका लागि अर्को समिति बनाउन पहल भइरहेको छ,’ केसीले भने। 

गरिमा धानकै विषयमा अध्ययन गर्न यसअघि २ वटा समिति गठन भएका थिए भने ती दुवै समितिले आफ्नो प्रतिवेदनसमेत मन्त्रालयलाई बुझाईसकेका छन्। 

कुन किसानले कति क्षेत्रफलमा लगाएको धानमा बाला नलागेको हो र कति क्षतिपूर्ति पाउने भन्ने विषयमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख बीउ विकास अधिकृत मदन थापाको संयोजकत्वमा एउटा कार्यदल गठन गरि अध्ययन गरेको थियो। उक्त कार्यदलले मन्त्रालयलाई बुझाएको प्रतिवेदनअनुसार १ हजार ७ सय ७६ हेक्टर जमिनमा लगाएको गरिमा धानमा बाला लागेको छैन। यसबाट १३ जिल्लामा ६० वटा स्थानीय तहको ६ हजार ९ सय १५ घरधुरी प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ। 

बीउबिजन ऐन २०४५ (संशोधन २०६४) अनुसार कुनै बिउ रोपेर त्यसमा बाली नलागेको अवस्थामा त्यस्तो बीउ उत्पादन गर्ने कम्पनी र आयातकर्ताबाटै क्षतिपूर्ति तिराउने व्यवस्था छ। ‘ऐनले उत्पादक र आयातकर्ताबाटै क्षतिपूर्ति भराउनु भन्ने व्यवस्था गरेको छ। यस्तो अवस्थामा पहिला राज्यले राहतका लागि केही दिने हो वा नियमले भनेअनुसार नै कम्पनीबाटै क्षतिपूर्ति भराउने भन्ने स्पष्ट हुन कानुन र अर्थ शाखाका साथीहरुले काम गरिरहनु भएको छ। छुट्टै समिति बनाउने विषयमा पनि हामी छलफल गरिरहेका छौं,’ प्रवक्ता केसीले भने। 

भारतको हैदराबादस्थित रिनोभा सिड साईन्स ईन्डिया प्रालिले उत्पादन गरेको यो जातको बिउ नेपालमा आयात गर्नका लागि प्रस्तावक साउथ इस्ट एसिया सिड कम्पनी, नेपालगंज रहेको देखिन्छ। त्यस्तै यसको आयातकर्ता कम्पनी दाङको लमहीमा रहेको सनराइज एग्रीकल्चर रिसर्च सेन्टर प्रालि हो। आयातकर्ता कम्पनी नेपालको भए पनि उत्पादक कम्पनी भारतको भएका कारण उक्त कम्पनीबाट क्षतिपूर्ति कसरी भराउने भन्ने विषय भने अझै टुंगो लागिसकेको छैन। यस्तो प्रकृतिको घटना पहिलोपटक भएका कारण कुन प्रकृयाबाट सुल्झाउने भन्ने विषयमा  अलमल रहेको  देखिन्छ।

गरिमा जात बिउ उत्पादन गर्ने कम्पनी भारतीय भएका कारण सरकारी र कुटनीटिक माध्यमबाट पहल गर्नुपर्ने देखिन्छ। तर मन्त्रालयले भने कुटनीतिक माध्यमबाट अप्रत्यक्ष रुपमा रिनोभा सिड्ससँग सम्पर्क गर्ने प्रयास गरिरहेको केसीले जानकारी दिए। ‘उक्त कम्पनीबाट सम्पर्कको प्रयास भइरहेको भन्ने सुनेको छु। तर परराष्ट्र मन्त्रालयबाटै कूटनीतिक पहल भने भइसकेको छैन। नेपाली कम्पनी जसले यो बीउ ल्याएको हो, त्यसमार्फत् भारतीय कम्पनीसँग सम्पर्कको प्रयास भइरहेको छ,’ उनले भने। 

संसदीय समितिको ताकेता

Ncell 2
Ncell 2
nimb
nimb

संघीय संसदअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिले गरिमा धान पीडित किसानलाई क्षतिपूर्ति दिने प्रकृया तत्काल सुरु गर्न गत कात्तिक १५ गते सरकारलाई निर्देशन दिएको थियो। तर क्षतिपूर्ति दिन सरकारले ढिलाइ गरेपछि तत्काल काम सुरु गर्न समितिले ताकेता गरेको समिति सभापति पूर्णाकुमारी सुवेदीले बताईन।  ‘हामीले सरकारलाई क्षतिपूर्ति दिन निर्देशन दिईसकेका छौ,’ सुवेदीले भनिन्। क्षतिपूर्ति दिन कात्तिक १५ गते सरकारलाई निर्देशन दिँदा सभापति सुवेदीले ‘कुनै नियम–कानुन र प्रकृयाका नाममा किसानलाई क्षतिपूर्ति दिन ढिलाइ गर्न नहुने र क्षतिपूर्ति नपाउँदा किसानहरु कृषि पेशाप्रति नै हतोत्साही हुने अवस्था आउन नदिन सरकारले पहल गर्नुपर्ने’ बताएकी थिइन्। 

गरिमा पीडितले क्षतिपूर्ति पाउँछन वा पाउँदैनन् भन्ने विषयमा किसानहरु दोधारमा छन्। तर प्रवक्ता केसीले भने कसरी र कुन आधारमा क्षतिपूर्ति दिने भन्ने टुंगो नलागेका कारण मात्रै समस्या देखिएको बताए। ‘पीडित किसानले क्षतिपूर्ति नपाउने भन्ने होईन, कसरी दिने र कुन आधारमा दिने भन्ने हो भन्ने स्पष्टता हामीले खोजेका हौं। हामी परामर्श र अध्ययनको प्रकृया मै छौं। यो विषय चाँडै टुंगिन्छ,’ केसीले भने।

'गरिमा'पीडितले कहिले पाउलान् क्षतिपूर्ति?

‘गरिमाले गरिब बनायो’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

चितवनमा गरिमा : १० करोडभन्दा बढीको क्षति, २६ सय ५२ कृषक पीडित

व्यवसायीलाई सधैं छुट!

गरिमा धान पीडित किसानलाई क्षतिपूर्ति दिन संसदीय समितिको निर्देशन

गरिमा धानको बिउ नै नक्कली, ४ महिनामा पाक्नुपर्ने धानमा बाला नलागेपछि किसान चिन्तित

प्रकाशित मिति: सोमबार, मंसिर ३०, २०७६  १३:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्