• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ १३, २०८२ Tue, Jan 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

'गरिमा' पीडितलाई क्षतिपूर्ति दिन कानुनी र आर्थिक झन्झट, तेस्रोपटक अध्ययन गर्दै मन्त्रालय 

64x64
नेपाल लाइभ सोमबार, मंसिर ३०, २०७६  १३:४१
1140x725

काठमाडौं- गरिमा जातको धानमा बाला नलागेपछि पीडित किसानलाई कसरी क्षतिपूर्ति दिलाउने भन्ने विषयमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले तेश्रोपटक अध्ययन गर्ने तयारी गरेको छ। गरिमा पीडितलाई क्षतिपूर्ति दिन आर्थिक र कानुनी झन्जट देखिएको भन्दै मन्त्रालयले अर्को अध्ययन समिति बनाउने तयारी गरेको हो। 

मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले गरिमा पीडितलाई क्षतिपूर्ति दिलाउने विषयको कानुनी पाटो र कुन आधारमा क्षतिपूर्ति दिने भन्ने कुरा टुंगो लगाउन अध्ययन टोली बनाउन लागिएको जानकारी दिए। ‘गरिमा धानमा बाला नगालेपछि किसानलाई पुगेको क्षतिका बारेमा यसअघि नै एउटा समितिले अध्ययन गरेर प्रतिवेदन बुझाईसकेको छ। तर, त्यो प्रतिवेदनले डिटेलिङ गरेको छैन। यति क्षति भनेर एकिन मात्र गरेको हो। कुन मोडालिटीमा दिने, कानुनी हैसियत के हुने र यो विदेशी कम्पनीसँग जोडिएको विषय भएका कारण कसरी क्षतिपूर्ति भराउने भनेर अध्ययनका लागि अर्को समिति बनाउन पहल भइरहेको छ,’ केसीले भने। 

गरिमा धानकै विषयमा अध्ययन गर्न यसअघि २ वटा समिति गठन भएका थिए भने ती दुवै समितिले आफ्नो प्रतिवेदनसमेत मन्त्रालयलाई बुझाईसकेका छन्। 

कुन किसानले कति क्षेत्रफलमा लगाएको धानमा बाला नलागेको हो र कति क्षतिपूर्ति पाउने भन्ने विषयमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख बीउ विकास अधिकृत मदन थापाको संयोजकत्वमा एउटा कार्यदल गठन गरि अध्ययन गरेको थियो। उक्त कार्यदलले मन्त्रालयलाई बुझाएको प्रतिवेदनअनुसार १ हजार ७ सय ७६ हेक्टर जमिनमा लगाएको गरिमा धानमा बाला लागेको छैन। यसबाट १३ जिल्लामा ६० वटा स्थानीय तहको ६ हजार ९ सय १५ घरधुरी प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ। 

बीउबिजन ऐन २०४५ (संशोधन २०६४) अनुसार कुनै बिउ रोपेर त्यसमा बाली नलागेको अवस्थामा त्यस्तो बीउ उत्पादन गर्ने कम्पनी र आयातकर्ताबाटै क्षतिपूर्ति तिराउने व्यवस्था छ। ‘ऐनले उत्पादक र आयातकर्ताबाटै क्षतिपूर्ति भराउनु भन्ने व्यवस्था गरेको छ। यस्तो अवस्थामा पहिला राज्यले राहतका लागि केही दिने हो वा नियमले भनेअनुसार नै कम्पनीबाटै क्षतिपूर्ति भराउने भन्ने स्पष्ट हुन कानुन र अर्थ शाखाका साथीहरुले काम गरिरहनु भएको छ। छुट्टै समिति बनाउने विषयमा पनि हामी छलफल गरिरहेका छौं,’ प्रवक्ता केसीले भने। 

भारतको हैदराबादस्थित रिनोभा सिड साईन्स ईन्डिया प्रालिले उत्पादन गरेको यो जातको बिउ नेपालमा आयात गर्नका लागि प्रस्तावक साउथ इस्ट एसिया सिड कम्पनी, नेपालगंज रहेको देखिन्छ। त्यस्तै यसको आयातकर्ता कम्पनी दाङको लमहीमा रहेको सनराइज एग्रीकल्चर रिसर्च सेन्टर प्रालि हो। आयातकर्ता कम्पनी नेपालको भए पनि उत्पादक कम्पनी भारतको भएका कारण उक्त कम्पनीबाट क्षतिपूर्ति कसरी भराउने भन्ने विषय भने अझै टुंगो लागिसकेको छैन। यस्तो प्रकृतिको घटना पहिलोपटक भएका कारण कुन प्रकृयाबाट सुल्झाउने भन्ने विषयमा  अलमल रहेको  देखिन्छ।

गरिमा जात बिउ उत्पादन गर्ने कम्पनी भारतीय भएका कारण सरकारी र कुटनीटिक माध्यमबाट पहल गर्नुपर्ने देखिन्छ। तर मन्त्रालयले भने कुटनीतिक माध्यमबाट अप्रत्यक्ष रुपमा रिनोभा सिड्ससँग सम्पर्क गर्ने प्रयास गरिरहेको केसीले जानकारी दिए। ‘उक्त कम्पनीबाट सम्पर्कको प्रयास भइरहेको भन्ने सुनेको छु। तर परराष्ट्र मन्त्रालयबाटै कूटनीतिक पहल भने भइसकेको छैन। नेपाली कम्पनी जसले यो बीउ ल्याएको हो, त्यसमार्फत् भारतीय कम्पनीसँग सम्पर्कको प्रयास भइरहेको छ,’ उनले भने। 

संसदीय समितिको ताकेता

Ncell 2
Ncell 2

संघीय संसदअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिले गरिमा धान पीडित किसानलाई क्षतिपूर्ति दिने प्रकृया तत्काल सुरु गर्न गत कात्तिक १५ गते सरकारलाई निर्देशन दिएको थियो। तर क्षतिपूर्ति दिन सरकारले ढिलाइ गरेपछि तत्काल काम सुरु गर्न समितिले ताकेता गरेको समिति सभापति पूर्णाकुमारी सुवेदीले बताईन।  ‘हामीले सरकारलाई क्षतिपूर्ति दिन निर्देशन दिईसकेका छौ,’ सुवेदीले भनिन्। क्षतिपूर्ति दिन कात्तिक १५ गते सरकारलाई निर्देशन दिँदा सभापति सुवेदीले ‘कुनै नियम–कानुन र प्रकृयाका नाममा किसानलाई क्षतिपूर्ति दिन ढिलाइ गर्न नहुने र क्षतिपूर्ति नपाउँदा किसानहरु कृषि पेशाप्रति नै हतोत्साही हुने अवस्था आउन नदिन सरकारले पहल गर्नुपर्ने’ बताएकी थिइन्। 

गरिमा पीडितले क्षतिपूर्ति पाउँछन वा पाउँदैनन् भन्ने विषयमा किसानहरु दोधारमा छन्। तर प्रवक्ता केसीले भने कसरी र कुन आधारमा क्षतिपूर्ति दिने भन्ने टुंगो नलागेका कारण मात्रै समस्या देखिएको बताए। ‘पीडित किसानले क्षतिपूर्ति नपाउने भन्ने होईन, कसरी दिने र कुन आधारमा दिने भन्ने हो भन्ने स्पष्टता हामीले खोजेका हौं। हामी परामर्श र अध्ययनको प्रकृया मै छौं। यो विषय चाँडै टुंगिन्छ,’ केसीले भने।

'गरिमा'पीडितले कहिले पाउलान् क्षतिपूर्ति?

‘गरिमाले गरिब बनायो’

चितवनमा गरिमा : १० करोडभन्दा बढीको क्षति, २६ सय ५२ कृषक पीडित

व्यवसायीलाई सधैं छुट!

गरिमा धान पीडित किसानलाई क्षतिपूर्ति दिन संसदीय समितिको निर्देशन

गरिमा धानको बिउ नै नक्कली, ४ महिनामा पाक्नुपर्ने धानमा बाला नलागेपछि किसान चिन्तित

प्रकाशित मिति: सोमबार, मंसिर ३०, २०७६  १३:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सर्लाही पुगेर गगन थापाले भने- नेता होइन, बेटा बन्न आएको हुँ
बालेन, हर्क, निकोलस र महेश बस्नेतसँग आयोगद्वारा स्पष्टीकरण माग
ओखलढुंगामा राई दम्पतीको हत्या
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सर्लाही पुगेर गगन थापाले भने- नेता होइन, बेटा बन्न आएको हुँ मंगलबार, माघ १३, २०८२
बालेन, हर्क, निकोलस र महेश बस्नेतसँग आयोगद्वारा स्पष्टीकरण माग मंगलबार, माघ १३, २०८२
ओखलढुंगामा राई दम्पतीको हत्या मंगलबार, माघ १३, २०८२
सुनचाँदीको मूल्यमा आज पनि नयाँ रेकर्ड मंगलबार, माघ १३, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सोमबार, माघ १२, २०८२
अमेरिकामा भीषण हिमआँधी : तीन जनाको मृत्यु, १० लाख घरमा अन्धकार सोमबार, माघ १२, २०८२
कांग्रेस सभापति गगन थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाँदै सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्