काठमाडौं– दोस्रो शेयर बजारमा बिस्तारै बुलिस ट्रेण्डको सुरुवाती प्रभाव देखिन थालेको छ। नाफा बुकसँगै नयाँ शेयर खरिद गर्ने प्रवृत्तिले दोस्रो बजारमा कारोबार रकम बढ्न थालेको छ। मंगलबार एकै दिन एक खर्ब ५० करोड रुपैयाँको कारोबार भएको छ।
चार घण्टाको अवधिमा तीव्र उतारचढावबीच सेन्सेटिभ इन्डेक्स भने घटेको छ। समग्रमा नेप्से सूचक ५.५२ अंङ्कले सुधार देखिएर १३०६.१५ अंकमा रोकिएको छ। सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकको ९ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ। दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ९९ लाख रुपैयाँको खरिद बिक्री भएको छ।
बैंकिङ, व्यापार, होटल र हाइड्रोपावरको सूचकमा गिरावट देखिएको छ। लगानीकर्ताहरुले बाणिज्य बैंकको शेयर वेचेर बिमा र लघुवित्तको शेयर खरिद गर्दा यी सूचकमा गिरावट आएको हो। बजार सुधार हुँदा लगानीकर्ताहरुलाई बिमा र लघुवित्तबाट राम्रो नाफा हुन्छ। त्यसैले उनीहरुको ध्यान यस्ता क्षेत्रमा पुगेको हो।
तर पोर्टफेलियो व्यवस्थापनका लागि लगानीकर्ताहरुले शेयर छानेर खरिद बिक्री गरिरहेका हुन्छन्। पोर्टफेलियो परिवर्तन भएर कारोबार हुँदा सूचकमा धेरै ठूलो दबाब सिर्जना हुँदैन। जसका कारण बजारमा तीव्र उतारचढाव हुने र बिस्तारै बजार सुधार हुँदै जान्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।