काठमाडौं- लक्ष्मी बैंकले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ९० करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकले गत वर्षको यहि अवधिको तुलनामा २४.७६ प्रतिशतले नाफा बढाएको हो।
बैंकले खुद ब्याज आम्दानी १९.९५ प्रतिशतले सुधार भएको छ। पुस मसान्तसम्ममा एक अर्ब ७४ करोड रुपैयाँको खुद ब्याज आम्दानी आर्जन गरेको हो। गत वर्षको यहि अवधिमा एक अर्ब ४५ करोड रुपैयाँ थियो। छ महिनाको अवधिमा ८८ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरि ८५ अर्ब ५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
गत वर्षको तुलनामा निक्षेप संकलन १६ प्रतिशतले सुधार हुँदा कर्जा विस्तार भने २० प्रतिशतले बढेको हो।
बैंकले खराब कर्जा उठाउँदा नाफामा सुधार देखिएको हो। खराब कर्जा ०.२३ प्रतिशत विन्दुले घटेर ०.८८ प्रतिशतमा झार्न सफल भएको छ।
त्यस्तै आधार ब्याजदर र कस्ट अफ फण्डमा पनि केहि सुधार देखिएको छ। नाफामा आएको सुधारसँगै प्रतिशेयर आम्दानी दुई रुपैयाँले बढेर १८ रुपैयाँ कायम भएको छ। नेपाल राष्ट्र बैंकले निर्देशन भन्दा धेरै कम स्प्रेड भएको बैंकले थप स्प्रेड बढाएर नाफा सुधार गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।