काठमाडौं- सरकारले घोरासी सिमेन्टलाई ओपिसी सिमेन्ट उत्पादनको लागि दिएको इजाजत रद्द गरेको छ। गुणस्तर तथा नापतौल विभागले यो कम्पनीलाई दिएको इजाजत २ महिनाका लागि रद्द गरिदिएको हो।
कम्पनीले पिपिसी सिमेन्ट भने उत्पादन गर्न सक्ने विभागले जनाएको छ। विभागका अनुसार नमुना परीक्षणका क्रममा कम्पनीबाट उत्पादित सिमेन्टमा आइआरको मात्रा तोकिएभन्दा अत्याधिक धेरै भेटिएको छ।
विभागले दुई महिनापछि कम्पनीको फेरि अनुगमन गर्ने र सुधार देखिए उत्पादन अनुमति दिन सक्ने पनि जनाएको छ। विभागको निर्णयसँगै अब कम्पनीले सगरमाथा ओपिसी सिमेन्ट उत्पादन गर्न पाउँदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।