काठमाडौ- अर्थतन्त्र, विकास र राजस्वका विषयमा प्राविधिक टिप्पणी गर्ने अर्थमन्त्री डा युवराज खतिवडा सोमबार विहान सरकारी लेखापालहरुको कार्यक्रममा प्रमुख अतिथि बनेर पुगे।
सरकारको आम्दानी खर्च राख्ने महालेखा नियन्त्रकको कार्यालयले आयोजना गरेको गोष्टीमा खतिवडाले विकासबारे कर्मचारी र राजनीतिकर्मीको बुझाइ र कार्य प्रक्रियाबारे छोटो टिप्पणी गरे।
'राजनीति र कर्मचारीतन्त्रको द्वन्द्व नियमित प्रक्रिया हो,' अर्थमन्त्री खतिवडाले भने, 'हामी राजनीति गर्नेहरु अलि छिटो विकास होस् भन्ने चाहन्छौँ, हामीले देखेको दृष्टिकोणबाट खर्च होस् भन्ने चाहन्छौँ।'
कर्मचारीतन्त्र नीति र विधिअनुसार हेरेर मात्रै अघि बढ्नुपर्ने उनको भनाइ थियो। उनले वित्तीय संघीयता कार्यान्वयनको प्रक्रियामा द्वन्द्व व्यवस्थापन गर्न पनि सक्नुपर्ने उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।