काठमाडौं- बजार ६६ अंकको करेक्सन पछि पुनः सुधार हुन थालेको छ।
मंसिर १० गतेदेखि सुधार हुन थालेको शेयर बजार दुई महिनाको अवधिमा २३४ अंकले सुधार भयो।
बजारमा २३४ अंकले सुधार आउदा गएको सातामा ६६ अंकले करेक्सन भयो।
लगानीकर्ताहरुको मनोबल (कन्फिडेन्स) बढ्दा शेयर बजार बुलिस ट्रेन्डमा देखिन थालेपछि बजारमा लगानीकर्ताको चहलपहल पनि बढ्न थालेको हो।
कन्फिडेन्सले काम गर्ने शेयर बजारमा लगानीकर्ताहरुमा सुधार हुन्छ भन्ने मानसिकता हाबी हुँदा नाफा बुक गर्ने भन्दा पनि शेयर थप्ने योजनाले केही करेक्सनपछि बजार थप सुधार हुन थालेको छ।
सोमबार शेयर बजार २३.९५ अंकले सुधार भएर १३०० को लाइन टेकेको छ।
नेप्से सूचकसँगै सम्पूर्ण उपसूचकमा पनि सुधार आएको छ।
गएको साता हरेक दिन अर्ब नाघेको कारोबार केही दिनदेखिको करेक्सनले घटिरहेको छ।
सूचकमा उल्लेख्य सुधार भए पनि कारोबार रकम ९१ करोड ७३ लाख रुपैयाँको भएको छ।
सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ८ करोड १४ लाख रुपैयाँको खरिद बिक्री भएको छ।
अधिकांश माइक्रोफाइनान्सको शेयर उल्लयमा उल्लेख्य सुधार आएको छ। सूचकतर्फ सबैभन्दा धेरै व्यापार र होटलको ४ प्रतिशत भन्दा माथिले बढेको छ।
सोमबार १ सय ८० वटा कम्पनीको शेयर कारोबार हुँदा १ सय ३४ वटाको मूल्यमा सुधार आएको छ भने १२ वटाको मूल्य भने घटेको छ।
घट्नेमा केही फाइनान्स र हाइड्रोपावर कम्पनी रहेका छन्।
बजार सुधार हुन्छ भन्ने अपैक्षाले गर्दा लगानीकर्ता शेयर मूल्य घटाएर बेच्न चाहिरहेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।