काठमाडौं- नव निर्वाचित सभामुख अग्नि सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटघाट गरेकी छन्।
सभामुख सापकोटासँग शिष्टाचार भेटका लागि नेपालका लागि चिनियाँ राजदूत यान्छी सिंहदरवारस्थित २ बजे सभामुखको कार्यकक्षमा पुगेकी थिइन्।
आइतबार सभामुखमा निर्वरोध निर्वाचित भएका सापकोटाले सोमबार बिहान शितल निवास गएर राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ लिएका थिए।
सापकोटाले सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा पुगेर कार्यभार सम्हालेका थिए।
सपथपछि सभामुख सापकोटालाई भेट्ने पहिलो राजदूत यान्छी बनेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।