काठमाडौं- लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले ९.७५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ।
आइतबार बसेको सञ्चालक समितिको बैठकले आगामी वार्षिक साधारणसभामा पेश गर्ने गरी बोनस शेयरमा लाग्ने कर प्रयोजनसहित १०.२३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो। कम्पनीले घोषणा गरेको बोनस शेयर हकप्रद शेयरधनीहरुले पाउने छैनन्।
कम्पनीले गत कात्तिकमा २० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो। हकप्रद निष्काशन पछि चुक्ता पुँजी एक अर्ब ५ करोड रुपैयाँ पुगेको छ।
हकप्रद अगाडि कम्पनीको चुक्ता पुँजी ८८ करोड रुपैयाँ थियो। हकप्रद र बोनस शेयर पछि कम्पनीको पुँजी एक अर्ब १४ करोड रुपैयाँ पुग्नेछ। बीमा सिमितिले दुई वर्ष अगाडि पुँजी बृद्धि योजना ल्याएको थियो। त्यस पछि दुई पटक हकप्रद र बोनस शेयर दिएर पुँजी जुटाएको छ।
अहिले घोषणा गरेको बोनस शेयर आगामी हुने साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।