काठमाडौं- अजोड इन्स्योरेन्स कम्पनीले ३० करोड रुपैयाँको प्राथमिक शेयर 'आइपिओ' निष्काशनका लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र क्यापिटलका पारसमणी ढकालबीच अण्डर राइटिङको लागि सम्झौता भएको हो। कम्पनीले अघिल्लो आर्थिक वर्ष बीमा समितिबाट व्यवसाय सञ्चालको अनुमति प्राप्त गरेको थियो। बीमा कम्पनीहरुले पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणका लागि जारी गर्नुपर्छ।
यसैअनुसार ७० करोड रुपैयाँ संस्थापक पुँजी र ३० करोड सर्वसाधारण पुँजी रहने गर प्राथमिक शेयर निष्कानको तयारी गरेको हो। प्राथमिक शेयर निष्काशनका लागि आइपिओको रेटिङ गर्नु पर्नेछ। रेटिङ पछि नेपाल धितोपत्र बोर्डमा प्राथमिक शेयर निष्काशनका लागि निवदेन दिनेछ। बोर्डबाट अनुमति पाएपछि मात्रै प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्नेछ।
योसँगै बीमा समितिबाट नयाँ सञ्चालन अनुमति पाएका दुई निर्जीवन बीमा कम्पनीले पनि यसै वर्ष प्राथमिक शेयर निष्काशनका लागि प्रकृया अगाडि बढाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।