काडमाडौं- प्रभु बैंक लिमिटेडले रुपन्देहीको रोहिणी गाउँपालिकास्थित धकधईमा शाखा विस्तार गरेको छ।
आइतबार शाखा कार्यालयको उद्घाटन रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले गरे।
अध्यक्ष यादवले प्रभु बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँहरुमा शाखा सञ्चालनमा ल्याएर सर्वसाधारणको घरआँगनसम्म सरल र सहज बैंकिङ सेवा विस्तार गरी प्रशंसनीय काम गरेको बताएका थिए।
बैंकको यो अभियानले देशभर नै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको शुभकामना व्यक्त गरेका थिए।
बैंकको धकधई शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह बैंकले जानकारी दिएको छ।
बैंकिङ कारोबार गर्ने बानीको विकासमा अभिवृद्धि हुनुका साथै स्थानीयस्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ प्रणालीमा प्रवेश गराउन धकधइ शाखाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास बैंकले लिएको छ।
बैंकको यो शाखा २०५औं शाखा हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।