काठमाडाैं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका १५ वटा निकायसँग आर्थिक वर्ष २०७५/०७६ को आम्दानी र खर्च विवरण माग गरेको छ।
बजेटरी र गैरबजेटरी निकायहरुको आर्थिक वर्ष २०७५/०७६ को आर्थिक कारोबारहरुको नेपाल सार्वजनिक क्षेत्र लेखामान अनुरुपको वित्तीय विवरण तयार पारी महालेखा नियन्त्रक कार्यालयमा पेश गर्न भन्दै मन्त्रालयले आम्दानी र खर्चको विवरण मागेको हाे। आम्दानी र खर्चको शीर्षकगत विवरण खुल्ने गरी आय विवरण माग गर्ने माघ ७ गतेको सचिवस्तरीय निर्णयअनुसार भएको समेत महाशाखाले जनाएको छ।
महाशाखाले देवघाट क्षेत्र विकास समिति, नेपाल प्रभा प्रतिष्ठान, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोष, पन्चाङ्ग निर्णायक समिति, भम्रण वर्ष सचिवालय, तारागाँउ विकास समिति, वृहत्तर जनकपुर क्षेत्र विकास समिति, सांस्कृतिक संस्थान, पर्वतीय प्रशिक्षण प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, बुद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान र पाथिभरा विकास समितिसँग मन्त्रालयले आम्दानी र खर्च विवरण मागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।