काठमाडौं- दुई/तीन महिना अगाडि हाइ काडेर बस्ने ब्रोकरहरुलाई १०/१५ दिनदेखि भ्याइ नभ्याइ छ। ब्रोकर सञ्चालक तथा कर्मचारीले कारोबार सुरु हुनुभन्दा केहि समय अगाडिदेखि कारोबार अवधिसम्म फोन उठाएर भ्याउदैनन्।
फोन आउँछ 'ग्लोबल आइएमई बैंकको शेयर किन्दा के हुन्छ?'
ब्रोकर 'हुन्छ हुन्छ राम्रो छ। कति कित्ताको लागि अर्डर राख्दिऊ?'
फोनबाट 'अहिलेलाई ५०० कित्ता'
हरेक ब्रोकर कार्यालयका कर्मचारी तथा ब्रोकर सञ्चालकहरुलाई आउने फोन यस्तै हो। कतिपय लगानीकर्ताहरुले ब्रोकरहरुसँगै परामर्श पनि लिन्छन्। एक ब्रोकर सञ्चालकले भने 'सोधे पछि भन्नै पर्याे। कारोबारको सवाल पनि छ।'
अहिले प्रायः ब्रोकर कार्यालयको हल खचाखच हुन्छ। कुनै-कुनै ब्रोकर कार्यालयमा त टेक्ने ठाउ पनि हुँदैन बस्न त परै जाओस। सबैको ध्यान हल अगाडिको नेप्सेको डिस्प्ले र आफ्नो मोबाइलमै हुन्छ। हलभित्रै खास खुस कुरा हुन्छ 'मैले त यो कम्पनी उठाए नि। हैन यो कम्पनीले ५० प्रतिशत लाभांश दिने रे! हजार कित्ता उठाए मैले त।'
विगत तीन वर्षको अवधिमा शेयर बजार झण्डै ७८० अंकले पहिरो लाग्यो। बजार १७/१८ सयको सूचक हुँदा बजार प्रवेश गरेका केहि लगानीकर्ताहरुले घाटा सहन नसकेर आत्महत्या नै गरे। तर, अहिले परिस्थीति फेरिएको छ। लगानीकर्ताहरुको आशा बढेर गएको छ।

ब्रोकर कार्यालयमा उपस्थित सम्पूर्ण लगानीकर्ताहरुको अनुहारमा हासोसँगै उत्साह पनि देखिन्छ। भिडबाटै एक महिलाले भनिन् 'अस्तिमात्रै बजार प्रवेश गरेका ती भाइले त १०/१५ लाख कमाइसके रे!'
विगत १०/१५ दिनदेखि बजारमा नयाँ तथा पुराना लगानीकर्ता आउने क्रम बढेको भिजन सेक्युरिटिजका प्रमुख राजकुमार तिमल्सिनाले बताए।
प्रियराज रेग्मी, पूर्वअध्यक्ष- ब्रोकर एसोसिएसन
लगानीकर्ताको बजार प्रवेश हुने क्रम बढेसँगै कारोबार रकम पनि दैनिक एक अर्ब रुपैयाँ नाघ्न थालेको छ।
जवकी दुई/तीन महिना अगाडि दैनिक औषत कारोबार ३० करोड रुपैयाँ भन्दा तल थियो। लगानीकर्ताहरु उत्साहित भएर बजार प्रवेश गरिरहेको तिमल्सिनाले बताए। अधिकांश ब्रोकरका अनुसार बजारमा केहि नयाँ लगानीकर्ताको प्रवेश भएपनि धेरै लगानीकर्ता पुरानै छन्। तर, पूर्वब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीका अनुसार बजारमा अझै पनि त्यति धेरै नयाँ लगानीकर्ताहरुको प्रवेश भैसकेको छैन। त्यस्तै बजारमा नयाँ पैसा पनि आइसकेको छैन।
आखिर कसले कारोबार गरिरहेको छ त?
बजारलाई नजिकबाट नियालिरहेका र जानकार व्यक्तीहरुले नै कारोबार रकम बढाएको रेग्मीको विश्लेषण छ। उनले भने 'पहिला नाफा हुँदा बेचेर बसेका अथवा घाटा खाएर बसेका लगानीकर्ता भित्रिएका छन्।'
बजार तल्लो विन्दुबाट ५०/६० अंकले सुधार भएपछि पुराना लगानीकर्ताको प्रवेश हुन थालेको रग्मीले जानकारी दिए। अर्का ब्रोकर कम्पनीका सञ्चालक राजकुमार तिमल्सिनाका अनुसार पनि बजारमा पुरानै सक्रिय लगानीकर्ताको बजारमा फ्लो बढिरहेको छ।
राजकुमार तिमल्सिना, सञ्चालक- ब्रोकर कम्पनी
गएका दिनमा हप्तामा तीन/चारवटा कारोबार गर्नेहरु अहिले सक्रिय रुपमा शेयर खरिद बिक्री गरेहेका छन्। महिनामा एक/दुई पटक आउनेहरु बिहान ११ बजेभन्दा अगाडि नै ब्रोकर कार्यालयमा आउने र कारोबार सकिएपछि मात्रै फर्किने गरेका छन्।

यसैअवधिमा संस्थागत लगानीकर्ता र म्युचुअल फण्डहरु पनि सक्रिय रुपमा कारोबार गरिरहेको एक ब्रोकरले बताए। बजार धेरै घटेर पनिक भैसकेको थियो एक लगानीकर्ताले भने पछिल्ला दिनको सुधारले राहात प्रदान गरेको छ। बजार सुधारको संकेत देखिएसँगै लगानीकर्ताहरु भएकै केहि शेयर खेलाएर कारोबारको सीमा बढाइरहेका छन्। एक पटक शेयर खरिद गरेपछि उनीहरुलाई दोस्रो पटक शेयर खरिद गर्न पैसा आवश्यक पर्दैन।
एक ब्रोकरले भने 'वाइको कारोबार सेलले सेटल गरिदिने। सेलको कारोबार बाइले सेटल गरिदिने।' प्रवृत्ती बढेको छ। यस्तो गर्दा लगानीकर्तालाई सधै फ्रेस क्यास आवश्यक पर्दैन। शेयर किनेको पैसा तिर्नु पर्याे भने आफूसँगै भएको अर्को शेयर बिक्री गरिदियो अनि त्यही शेयरको आडमा अर्को कम्पनीको शेयर उठायो। यसले गर्दा एउटै लगानीकर्ताले धेरै पटक कारोबार गर्न सक्छन्। जसले गर्दा कारोबार रकम दिन-दिनै बढिरहेको छ।
वाइको कारोबार सेलले सेटल गरिदिने। सेलको कारोबार वाइले सेटल गरिदिने भनेको नयाँ फ्रेस क्यास ल्याउने भन्दा पनि ट्रेडरहरुले यसरी चलाइरहेका छन्। पैसा तिर्नुपर्ने भयो भने अर्को कम्पनीको शेयर बेच्यो अनि त्यही पैसा ब्रोकरले राख्छन्।
सम्पूर्ण लगानीकर्ता आशावादी देखिएका छन्।
उनिहरु बजार प्रवेश गर्नु अगाडि नै बढ्छ भन्ने अपेक्षा राख्छन्। तर, बजार सधै सुधार भैरहने र सधै नघट्ने लगानीकर्ता संघका उपाध्यक्ष तारा फुलेल बताउछन्।
तारा फुलेल, उपाध्यक्ष- लगानीकर्ता संघ
बजारको घट्ने सीमा नाघिसकेकाले बजार बढेको हो फुलेलको तर्क छ। कारोबार रकम बढिरहेको अवस्थाले पनि लगानीकर्ताको कन्फिडेन्स उच्च भएको उनको विश्लेषण छ। उनि भन्छन् 'अब लगानी गर्दा घाटा हुँदैन।'

शेयर बजारका सक्रिय लगानीकर्ता सुविस भेटवालका अनुसार अर्थतन्त्रका सम्पूर्ण सूचक सकारात्मक देखिएकोले अब बजार सुधार हुनेमा दुइ मत छैन। लगानीकर्ताहरुले पुस मसान्तको व्याज तिरेर ढुक्क भएको हुँदा पनि बजार सुधार हुन सपोर्ट गरेको उनको विश्लेषण छ।
सचेत पनि हुने कि!
बजार जहिले बढिरहने र घटिरहने भन्ने मात्रै हुँदैन। बजार सबैभन्दा तत्लो विन्दुबाट सुधार हुन थालेकोले अहिले नै आत्तिनेभन्दा पनि संयमित भएर कारोबार गर्नुपर्ने विश्लेषकहरु बताउँछन्। पछिल्लाे समय शेयर बजार क्रमशः १००/५० अंकले सुधार हुँदै गइरहेको छ। यसले बजारलाई परिपक्व बनाउँदै लगेकाे उनीहरुको तर्क छ।
तर पनि कारोबार रकम जुन किसिमले भैरहेको छ। यसले कुनै पनि बेला लगानीकर्ता आत्तिने अवस्था आउने उनीहरु बताउँछन्। एकोहोरो सुधार भयो भनेर जति पनि शेयर खरिद गर्नेभन्दा पनि आफ्नो क्षमताले भ्याउने मात्रै शेयर खरिद गर्नुपर्ने फुलेल बताउँछन्।
.jpg)
बजार सुधार हुने धेरै आधारहरु भए पनि बजार एकोहोरोमाथि जाँदैन। त्यसैले बजार घट्दा पनि नआत्तिने लगानीकर्ताले मात्रै राम्रो मुनाफा आर्जन गर्न सक्छन्।
अहिले निश्चित कम्पनीहरु मात्रै बढेको अवस्था छ। अब राजनीतिक स्थायित्व पाइसकेको हुँदा लगानीकर्ता ढुक्क हुने अवस्था भने छ। अर्थतन्त्रका सम्पूर्ण सूचक सकारात्मक भएको अवस्था छ।
बजार धेरै नै तल आएको हुनाले लगानीकर्तामा अहिलेको मूल्यमा शेयर किन्दा घाटा बेहोर्नु पर्दैन भन्ने आत्मबल बढेको अवस्था हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।