• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

सुदूरपश्चिम प्रदेशमा अर्बौको व्यापार घाटा, सरकारकाे नीति घोषणामै सीमित

64x64
नेपाल लाइभ आइतबार, माघ १२, २०७६  १०:१५
1140x725

धनगढी- सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी चल्तीमा रहेको त्रिनगर भन्सार नाकाबाट आयातको तुलनामा निर्यात नगन्य रहेको छ। प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत आयात प्रतिस्थापन गर्ने घोषणा गरे पनि प्रदेशमा व्यापार घाटा बढ्दै गएको छ।

प्रदेश र संघीय सरकारको आयात घटाउने र निर्यात बढाउने नीति भए पनि निर्यातको तुलनामा वर्षेनी आयात वृद्धि भइरहेको छ। पछिल्लो साढे पाँच वर्षको अवधिमा त्रिनगर भन्सार नाकाबाट ८१ अर्ब ३७ करोड ९२ लाख रुपैयाँ व्यापार घाटा भएको छ। याे साढे पाँच वर्षको अवधिमा त्रिनगर नाकाबाट ८४ अर्ब ३९ करोड ७० लाख रुपैयाँको आयात भएको थियो भने तीन अर्ब एक रोड ७८ लाख रुपैयाँ बराबरको निर्यात भएको थियाे।

त्रिनगर नाकामा रहेको कैलाली जिल्ला भन्सार कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७५/०७६ मा २१ अर्ब ५० करोड रुपैयाँको आयात र ८२ करोड रुपैयाँ बराबरको निर्यात भएको छ। भन्सारका सूचना अधिकारी दिल्लुप्रसाद शर्माले गत आर्थिक वर्षमा त्रिनगर भन्सार नाकाबाट निर्यातको तुलनामा २० अर्ब ६८ करोड रुपैयाँ बढी आयात (व्यापार घाटा) भएकोे बताए।

चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो छ महिना (साउनदेखि पुस मसान्तसम्म) त्रिनगर भन्सार नाकाबाट नौं अर्ब ९३ करोड १६ लाख ७० हजार पाँच सय २७ रुपैयाँकाे सामान आयात भएको छ भने सो अवधिमा २९ करोड पाँच लाख सात हजार तीन सय ४१ रुपैयाँकाे सामग्री निर्यात भएको छ। सूचना अधिकारी शर्माले चालु आर्थिक वर्षको पहिलो छ महिनाको अवधिमा निर्यातको तुलनामा नौं अर्ब ६४ करोड ११ लाख ६३ हजार एक सय ८६ रुपैयाँ बढी आयात (व्यापार घाटा) भएको बताए।

उनल भने 'यो भन्सार नाकाबाट आयातको तुलनामा निर्यात निकै कम हुने गरेको छ। जति आयात वृद्धि हुन्छ, त्यति नै व्यापार घाटा पनि बढ्ने गरेको छ। यो नाकाबाट हामीले खरिद मात्रै गरिरहेका छौं।' पछिल्लो साढे पाँच वर्षको अवधिमा त्रिनगर नाकाबाट ८१ अर्ब ३७ करोड ९२ लाख रुपैयाँभन्दा बढी व्यापार घाटा भएको देखिन्छ। हरेक वर्ष आयात पनि बढ्दो क्रममा छ। बढ्दो जनसंख्याको माग अनुसार स्वदेशमा उद्घाटन नभएकाले आयात बढ्दै गएको व्यवसायीहरू बताउँछन्।

आर्थिक वर्ष २०७१/०७२ देखि चालु आर्थिक वर्षसम्म क्रमशः आठ अर्ब ५९ करोड ५१ लाख, १५ अर्ब ३२ करोड ३९ लाख, १२ अर्ब ४२ करोड ४० लाख, १६ अर्ब ६२ करोड २२ लाख, २१ अर्ब ५० करोड र नौ अर्ब ९३ करोड १६ लाख रुपैयाँको आयात भएको छ। त्यसैगरी, ८ करोड ६० लाख, ६६ करोड ७३ लाख ५२ करोड ६५ लाख, ६२ करोड ७३ लाख, ८२ करोड र २९ करोड पाँच लाख रुपैयाँको आयात भएको छ।

तालीकामा हेर्नुस्


स्रोत: कैलाली जिल्ला भन्सार कार्यालय, धनगढी

Ncell 2
Ncell 2
nimb
nimb

त्रिनगर नाकाबाट डिजेल, पेट्रोल, स्वीट, विस्कुट, दालमोठ, पापड, नमकिन, भुजिया, चमेना, ट्रयाक्टर, पावर टेलर, ग्यास, सुर्ती तथा सुर्तीजन्य पदार्थ, फिसिङ सेरामिक्स, कागज, विभिन्न किसिमका चामल, चिनी तथा चकलेटहरू, मोबिल, बेकरीमा सामानहरू, मेसिनरीका पार्टस्, आलु तथा आलुका परिकारहरू, प्लेट तथा प्लास्टिकका सामानहरू, सुप तथा पुस बनाउने सामाग्रीहरू, विभिन्न किसिममा खाने तेलहरू, अल्कोहल तथा अल्कोहल उत्पादन गर्ने क्यामिकलहरू लगायतका सामग्रीहरू मुख्य रुपमा आयात हुने गरेको छ।

त्यसैगरी, सो नाकाबाट मुख्य रुपमा रोजिन तथा रेजिन एसिड, कथ्था, गम, उड तथा सल्फेट टर्पेन्टाइन तेल, खयर कत्था र कबारहरू निकासी हुने गरेको छ। गत आर्थिक वर्षमा साउनदेखि पुस मसान्तसम्म यी सामग्रीहरू ३४ करोड दुई लाख ६६ हजार नौ सय ६० रुपैयाँ बराबरको निकासी भएको थियो भने यस आर्थिक वर्षको पछिल्लो ६ महिनामा २९ करोड पाँच लाख सात हजार तीन सय ४१ रुपैयाँको मात्रै निर्यात भएको छ।

भन्सार कार्यालयका अनुसार अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा आयात र निर्यात दुवै कम छ। सूचना अधिकारी शर्माले यस वर्षको पछिल्लो डेढ महिनामा निरन्तर वर्ष भएको कारण आयात निर्यातमा कम देखिएको बताए।

राजस्व वृद्धि
यसवर्ष त्रिनगर भन्सार नाकाबाट आयात निर्यात घटेको भएपनि राजस्वमा भने वृद्धि भएको छ। चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म दुई अर्ब ५२ करोड ५७ लाख १२ हजार रुपैयाँ आयातबाट राजस्व उठेको भन्सार कार्यालयले जनाएको छ। सोही अवधिमा अघिल्लो वर्ष दुई अर्ब ४१ करोड ४८ लाख ८२ हजार रुपैयाँ आयातबाट राजस्वउठेको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसैगरी, निर्यातबाट अघिल्लो वर्ष सात लाख १९ हजार आठ यस र यस वर्ष सात लाख २० हजार आठ सय रुपैयाँ राजस्व उठेको छ। निर्यात र आयात कम भएकाले भन्सार कार्यालयले लक्ष्यअनुसार भने राजस्व असुली गर्न सकेको छैन। यसवर्ष कैलाली भन्सार कार्यालयले पछिल्लो ६ महिनामा तीन अर्ब ४६ करोड ५८ लाख रुपैयाँ राजस्व असुल गर्ने लक्ष्य पाएको थियो।

कैलाली भन्सार कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष ०७५/७६ मा आयातबाट पाँच अर्ब १९ करोड, ७५ लाख १९ हजार तीन सय ५१ रुपैयाँ राजस्व उठेको थियो। आर्थिक वर्ष ०७१/७२ देखि ०७४/७५ सम्म क्रमशः आयातबाट एक अर्ब ५० करोड ७१ लाख ८८ हजार, ३ अर्ब ११ करोड ४४ लाख ३३ हजार, दुई अर्ब ९२ करोड, १३ लाख ४३ हजार, चार अर्ब २१ करोड १२ लाख ३४ हजार रुपैयाँ राजस्व उठाएको थियो। त्यसैगरी, निर्यातबाट सो अवधिमा क्रमशः दुई ७७ हजार, दुई लाख १४ हजार, दुई लाख ८२ हजार र सात लाख १८ हजार रुपैया राजस्व उठाएको थियो।

निर्यात बढाउने नीति घोषणामा सीमित
प्रदेश सरकारले निर्यात बढाउने नीति लिएको भए पनि त्यसका लागि ठोस योजना बनाउन सकेको छैन।

प्रदेश सरकारले कृषि उत्पादन वृद्धि, वन तथा जडिबुटीहरूको प्रशोधन गरी आयातलाई प्रतिस्थापन गर्ने नीति लिएको छ। नीतिअनुसार बजेट र कार्यक्रम पनि बनाइएको भएपनि कार्यक्रमहरू सञ्चालन गर्न नसक्दा नीति घोषणामै सीमित भएको छ। प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले आगामी पाँच वर्षमा सुदूरपश्चिम प्रदेश कृषिमा आत्मनिर्भर भएर निर्यात गर्ने प्रदेश बन्ने दाबी गरिन्।

प्रकाशित मिति: आइतबार, माघ १२, २०७६  १०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
जनकपुरले चितवनलाई दियो ८९ रनको झिनो लक्ष्य, प्लेअफ दौडमा दबाब शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्