• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना भाइरस चीनबाहिर पनि फैलिने त्रास

64x64
नेपाल लाइभ आइतबार, माघ १२, २०७६  ०७:२२
1140x725

काठमाडौं- यतिखेर चीन कोरोना भाइरसको सङ्क्रमण थप बढ्न जाला कि भन्ने त्रासमा देखिन्छ। शनिबारसम्म प्राप्त भएको समाचारअनुसार यो सङ्क्रमणको प्रकोप चीनका कम्तीमा १८ सहरमा निकै गम्भीररुपमा देखापरिरहेको छ। ती सहरमा यात्रा प्रतिबन्ध र अन्य धेरै किसीमका सतर्कता चिनियाँ सरकारले अपनाएको बताएको छ। यद्यपी चिनियाँ सरकारले देशभरीको उडान, रेल र बससेवामा भाइरस पत्ता लगाउन राष्ट्रव्यापी उपाय अपनाउन आदेश दिएको छ।

सो भाइरसका कारण ज्यान गुमाउने र सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि शनिबार चीन सरकारले सो आदेश दिएको छ। यस सङ्क्रमणबाट ४१ जनाको ज्यान गएको पुष्टि भएको छ। यस भाइरसबाट शनिबारसम्म सङ्क्रमितको सङ्ख्या एक हजार २८७ पुगेको छ। त्यसैगरी चीनका केही प्रान्तहरुमा नै फैलिन पुगेको यस भाइरसको सङ्क्रमणको कारण यात्रा प्रतिबन्धलगायत अन्य धेरै किसीमका सतर्कताबाट करिब पाँच करोड ६० लाख  नागरिक प्रभावित भएका छन्।

अमेरिकाको सियाटलसमेतमा एक जना व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भएको अमेरिकी अधिकारीले जनाएपछि यसको फैलावटको त्रास अझै बढिरहेको छ। चीनको हुबेइबाट केही दिनअघि अमेरिका फर्किएका एकजना अमेरिकी नागरिकमा यसको सङ्क्रमण भेटिएको पुष्टि भएको छ।

उता जापानको राजधानी टोकियोमा पनि एक जना व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको अधिकारीले जनाएका छन्। यसरी यो सङ्क्रमणले दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा छोइसकेको बताइन्छ। चीनको वुहान सहरबाट फर्किएका एक नेपालीमा कोरोना भाइरस सङ्क्रमण भेट्टिएको छ। कोरोना भाइरस युरोपमा पनि फैलिन थालेको छ। फ्रान्समा तीन जनामा कोरोना भाइरस देखिएको पुष्टि भएको छ। तर यसको सङ्क्रमणबाट मृत्यु हुने भने चिनियाँ नागरिक मात्र छन्।

चिनियाँ अधिकारीले चीनमा उक्त भाइरसको प्रभावस्तर रोक्न र नियन्त्रण गर्न सबैभन्दा संवेदनशील अवस्था रहेको बताएका छन्। चीनले उक्त भाइरस मानिसबाट मानिसमा सरेको पुष्टि पनि गरिसकेको छ। जसका कारण यस सङ्क्रमणको त्रास चीनमा मात्र नभएर चीनबाहिरसम्म पनि पुगिसकेको छ। 

वैज्ञानिक भाषामा यसलाई ‘२०१९– एन सीओभी’ भाइरस भनिन्छ। उक्त भाइरस कोरोना भाइरस वर्गको एक खालको नयाँ प्रजातिका रुपमा विकास भएको वैज्ञानिकले बताएका छन्। उनीहरुका अनुसार यो भाइरस यसअघि पनि मानिसमा फेला परेको थियो। वैज्ञानिकले सन् २००० को दशकको शुरुआतमा नै यो भाइरसको प्रकोप बढेको बताएका छन्। उनीहरुले त्यस समयमा विश्वका विभिन्न देशमा यो भाइरसको सङ्क्रमण बढेको र यसले ती देशमा झन्डै ८०० मानिसको ज्यान लिएको सार्स भाइरस पनि एक प्रकारको कोरोना भाइरस नै हो भनेका छन्। 

यो भाइरस सङ्क्रमण भएपछि खासगरी श्वासप्रश्वाससम्बन्धी समस्या देखिने गर्दछ। ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न गाह्रो हुने यस सङ्क्रमणपछिका लक्षण हुन्। यस भाइरसको सङ्क्रमणपछि शरीरमा अक्सिजनको मात्रा कम हुँदै जाने पनि अर्काे एक समस्या हो। यस भाइरसको सङ्क्रमण बढ्दै जान थालेपछि विश्व स्वास्थ्य सङ्गठनले जनस्वास्थ्य आपतकाल घोषणा गर्ने विषयमा सोच्नुपर्ने बताएको छ। यस्तो अवस्थाको घोषणा गर्ने विषयमा सोच्न विश्व स्वास्थ्य सङ्गठनले भनिसकेकोले हाल चीनमा विशेष स्वास्थ्य विज्ञको समूहले आवश्यक प्रमाण जुटाउने काम गरिरहेको बताएका छन्।

यस प्राणघातक भाइरसले उत्पन्न गरेको अवस्थासँग जुध्न विश्वव्यापीरुपमा नै जनस्वास्थ्य आपतकालका रुपमा घोषणा गर्न सकिने विषयमा आवश्यक तयारी भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। यस भाइरसका सङ्क्रमित चीन र चीनका छिमेकी देशका अतिरिक्त अमेरिकामा पनि भेटिइसकेकाले यस विषयमा सोच्नुपर्ने बताएका हुन्। 

Ncell 2
Ncell 2
nimb
nimb

चीनका विभिन्न २५ प्रान्तका क्षेत्रमा यो भाइरसको सङ्क्रमण फैलिएको छ। स्थानीय प्रशासनले जङ्गली जनावर र पशु बजारका क्षेत्रमा कडाई गर्न निर्देशन दिएको छ भने मानिसको बढी आवतजावत हुने विमानस्थल, बसपार्क र रेलमार्ग स्टेसनमा पनि स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको अधिकारीले जानकारी दिएका छन्।

हुबेई प्रान्तमा नै यसबाट धेरैको ज्यान गएको छ। चीनका स्वास्थ्य मन्त्री ली बिनले कोरोना भाइरसबाट हुबेई प्रान्तमा नै सबभन्दा बढी व्यक्तिको ज्यान गएको जानकारी दिनुभएको छ। मृत्यु हुनेमध्ये धेरै ४८ देखि ८९ वर्ष उमेरका व्यक्ति रहेका पनि जनाइएको छ। अधिकारीले बढी उमेरका मानिसमा यसको सङ्क्रमण अझ बढी देखिएको बताएका छन्। डब्लुूएचओको तथ्याङ्कअनुसार कुल सङ्क्रमितमध्ये ७२ प्रतिशत ४० वर्षमाथिका छन्। यस्तै सङ्क्रमितका ६४ प्रतिशत पुरुष रहेका छन्। 

यसबाट निको भएर करिब एक हजार जना व्यक्ति अस्पतालबाट घर पनि फर्किएका छन् तर उनीहरुलाई पनि विशेष निगरानीमा राखिएको बताइएको छ। चीनको वुहानको जनसङ्ख्या भन्डै एक करोड रहेको छ। त्यसैले उक्त सङ्क्रमणको उत्पत्ति भएको सो क्षेत्रमा सरकारले बढी निगरानी राखिरहेको पनि बताइएको छ।

गत बिहीवार चिनियाँ नयाँ वर्षको बिदाको अवसर थियो तर त्यस दिन कुनै कार्यक्रमको आयोजना गर्ने र मनाउने काम नगर्न भनियो। नयाँ वर्ष मनाउने कार्यक्रममा मानिसको भीडभाड हुने भएकोले आपसमा यो भाइरसको सङ्क्रमण बढ्नसक्ने भन्दै विदामा कुनै पनि प्रकारका कार्यक्रम सञ्चलान नगर्न भनिएको थियो। यो समयमा लाखौँ चिनियाँ आफ्नो घर फर्कने गर्छन्। उनीहरु घर फर्किने र नयाँ वर्ष मनाउन बाहिर जाने कार्यक्रममा पनि अहिले कडाइ गरिएको बताइएको छ।

Xtrem

Xtrem

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस एड्हनोम गुब्रोहयसोसले चीन सरकारले पछिल्लो समयमा यस सङ्क्रमणको नियन्त्रण तथा रोकथामका लागि सञ्चालन गरिरहेका कार्यक्रमको स्वागत गरेका छन्। उनले चिनियाँ नयाँ वर्षको एक हप्ता लामो छुट्टी मनाउन एक ठाउँबाट अर्कोमा यात्रा गरिरहँदा यो सङ्क्रमणको अहिलेको अवस्था चर्किन सक्नेतर्फ सतर्क रहन र त्यसको रोकथामका उपायमा केन्द्रित हुन आग्रह गरे।

यसको सबैभन्दा बढी प्रभावित सहर वुहान नै भएकोले यहाँबाट बाहिर जाने सबै नागरिकको स्वास्थ्य अवस्थाको जाँच गर्ने र सार्वजनिक सवारी साधन सञ्चालन हुने र रोकिने केन्द्रमा उचित हावा प्रवाहको व्यवस्था गर्ने काम पनि अधिकारीले गरिरहेका छन्।

वुहानमा जीवित पक्षी र जङ्गली जनावरको व्यापारमा प्रतिबन्ध लगाइएको छ र त्यस्तो प्रतिबन्धको पालना भए नभएको जाँच्न प्रहरीले कडा मात्रामा निगरानी गरिरहेको पनि बताइएको छ। विभिन्न सञ्चारमाध्यमका अनुसार सर्पबाट मानिसमा सरेको उल्लेख गरिए पनि हालसम्म यसबारे सहि जानकारी आइसेकेको छैन्। डब्लूएचओले यो भाइरस सम्भवतःपशुबाट मानिसमा सरेको भए पनि कुन पशुबाट सरेको हो भन्ने बारे अझै स्पष्ट भइनसकेको जनाइएको छ।  

वुहानका नगरप्रमुखले अत्यावश्यक कारणले बाहेक उक्त सहरको भ्रमण नगर्न पनि सबै नागरिकलाई आह्वान गर्नुभएको छ। वुहान यस सङ्क्रमणको केन्द्रमा रहेकोले त्यहाँ बढी कार्यक्रम लक्ष्य गरिएको छ। झन्डै नब्बे लाख जनसङ्ख्या भएको वुहानका बासिन्दालाई भीडभाडमा नजान र सार्वजनिक जमघट कम गर्न पनि भनिएको छ। सरकारले शनिबारसम्म चीनका १८ ओटा सहरकै यात्रामा प्रतिबन्ध लगाएको जानकारी दिएको छ। 

वुहान सहरमा नयाँ अस्पताल निर्माण गरिँदै छ। चिनियाँ सञ्चारमाध्यमका अनुसार एक हजार श्यया रहने भनिएको नयाँ अस्पताल छ दिनभित्र तयार भइसक्ने सम्भावना छ। रासस

प्रकाशित मिति: आइतबार, माघ १२, २०७६  ०७:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राति ११ बजेपछि मुग्लिन–काठमाडौंमा सवारी रोकिने
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिमका केन्द्रीय सदस्यको मतगणना आज
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
राति ११ बजेपछि मुग्लिन–काठमाडौंमा सवारी रोकिने सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ सोमबार, असोज २६, २०८३
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिमका केन्द्रीय सदस्यको मतगणना आज सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने:  अझै धेरै साथीको भरोसा जित्न बाँकी छ सोमबार, असोज २६, २०८३
कांग्रेस महाधिवेशन : खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्