काठमाडौं- सिद्धार्थ बैंकले नाफा टिकाउन नेपाल राष्ट्र बैंकको निर्देशन उल्लङ्घन गरेको छ। राष्ट्र बैंकको ४.४ प्रतिशतमा स्प्रेडदर काम गर्नुपर्ने नियमलाई उल्लङ्घन गर्दै बैंकले स्प्रेडदर ५.१७ प्रतिशत पुर्याएको छ।
बैंकको व्यक्तिगत खर्च ४५ प्रतिशतले बढ्दा नाफा ४.०१ प्रतिशतले खुम्चिएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा बैंकले एक अर्ब दुई करोड रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्षको सोहि अवधिमा एक अर्ब ६ करोड रुपैयाँ नाफा थियो।
शाखा संञ्जालको विस्तार, कर्मचारी खर्च तथा अन्य व्यक्तिगत खर्च बढ्ने क्रममा छ महिनाको अवधिमा एक अर्ब तीन करोड रुपैयाँ पुगेको छ। गत वर्षको यहि अवधिमा यस्तो खर्च जम्मा ७१ करोड ५० लाख रुपैयाँ थियो।
नाफा खुम्चिए पनि बैंकको व्यवसाय भने थप विस्तार भएको छ। दोस्रो त्रैमाशिक अवधिमा निक्षेप संकलन १८ प्रतिशतले सुधार हुँदा कर्जा विस्तार २१ प्रतिशतले बढेको छ। छ महिनाको अवधिमा बैंकले एक खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
बैंकको चुक्ता पुँजी ९ अर्ब ७८ करोड रुपैयाँ छ भने जगेडा कोषमा तीन अर्ब ८५ करोड रुपैयाँ जम्मा भएको छ। कर्जाको विस्तार सँगै पुँजीकोष अनुपात केहि खुम्चिएर १२.८६ प्रतिशत कायम छ।
खराब कर्जा केहि प्रतिशत विन्दुले सुधार भएर १.५५ प्रतिशत झारेको छ। नाफामा आएको गिरावट सँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि दुई रुपैयाँले घटेर २१ रुपैयाँमा झरेको छ।
बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरण
विवरण (रु. हजारमा) | सिद्धार्थबैंक | बृद्धि (%) |
पुस २०७६ | पुस २०७५ |
नाफा | 1,026,549 | 1,069,444 | -4.01 |
खुदव्याज आम्दानी | 2,773,834 | 2,288,837 | 21.19 |
शेयर पूँजी | 9,787,767 | 8,887,605 | 10.13 |
जगेडा कोष | 3,858,495 | 5,329,873 | -27.61 |
निक्षेप संकलन | 126,545,076 | 106,384,918 | 18.95 |
कर्जा लगानी | 118,364,250 | 97,507,052 | 21.39 |
खर्च | 1,036,857 | 715,044 | 45.01 |
पुँजीकोष अनुपात (%) | 12.86 | 13.16 | -0.3 |
खराव कर्जा (%) | 1.55 | 1.64 | -0.09 |
कस्ट अफ फण्ड (%) | 7.27 | 7.42 | -0.15 |
आधार व्याजदर (%) | 10.04 | 10.59 | -0.55 |
प्रतिशेयर आम्दानी (रुपैयाँमा) | 21.57 | 24.07 | -2.5 |
स्प्रेडदर (%) | 5.17 | 4.71 | 0.46 |
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।