काठमाडौं- सानिमा बैंक दोस्रो त्रैमासिक अवधिमै अर्बपति क्लबमा उल्लिएको छ। बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १६.८४ प्रतिशतले नाफा सुधार गरेर एक अर्ब १४ करोड रुपैयाँ आर्जन गरेको छ।
बैंकको खुद व्याज आम्दानी १३.५४ प्रतिशतले सुधार भएर दुई अर्ब १६ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ। गत वर्षको यही अवधिमा बैंकको यस्तो आम्दानी एक अर्ब ९० करोड रुपैयाँ थियो।
एक वर्षको अवधिमा बैंकले निक्षेप संकलन १५ प्रतिशतले सुधार गर्दा कर्जा लगानी भने १४.८७ प्रतिशतले बढेको छ। छ महिनाको अवधिमा बैंकले ९९ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरि ८८ अर्ब ७१ करोड रुपैयाँ कर्जा विस्तार गरेको हो।
कर्जा विस्तार सँगै बैंकको पुँजीकोष अनुपात थोरैले खुम्चिएर १२.७८ प्रतिशत छ। त्यस्तै कर्जा कर्जा यस पटक केहि बढेको छ। बाणिज्य बैंकहरु मध्ये सबैभन्दा कम खराव कर्जा भएको सानिमा बैंकको यस पटक ०.१७ प्रतिशतबाट ०.४१ प्रतिशत पुगेको छ।
निक्षेपको व्याजदरमा केही कमी आएसँगै बैंकको कस्ट अफ फण्ड पनि केही घटेको छ। बैंकको कस्ट अफ फण्ड ७.३३ प्रतिशत छ। आधार व्याजदर ०.४६ प्रतिशत विन्दुले घटेर ९.२९ प्रतिशत छ।
स्प्रेडदर ४.१७ प्रतिशतमा झार्न सफल भएको छ। नाफामा सुधार सँगै प्रतिशेयर आम्दानी पनि एक रुपैयाँले सुधार भएर २६ रुपैयाँ छ।
सानिमा बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरण
विवरण (रु. हजारमा) | सानिमाबैंक | बृद्धि (%) |
पुस २०७६ | पुस २०७५ |
नाफा | 1147465 | 982087 | 16.84 |
खुद व्याजआम्दानी | 2167987 | 1909440 | 13.54 |
शेयरपूँजी | 8801381 | 8001255 | 10.00 |
जगेडाकोष | 2883195 | 2825478 | 2.04 |
निक्षेपसंकलन | 99300501 | 85680841 | 15.90 |
कर्जालगानी | 88712928 | 77226975 | 14.87 |
पुँजीकोषअनुपात (%) | 12.78 | 12.81 | -0.03 |
खरावकर्जा (%) | 0.41 | 0.24 | 0.17 |
कस्टअफ फण्ड (%) | 7.33 | 7.57 | -0.24 |
आधारव्याजदर (%) | 9.29 | 9.75 | -0.46 |
प्रतिशेयरआम्दानी (रुपैयाँमा) | 26.07 | 24.55 | 1.52 |
स्प्रेड दर (%) | 4.17 | 4.23 | -0.06 |
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।