काठमाडौं- सिद्धार्थ बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंको त्रिपुरेश्वरमा रहेको नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्तरुपमा ६ दिने निस्शुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ।
बैंकले विभिन्न ठाउँमा यस्तो शिविर सञ्चालन गरेको जनाएको छ। शल्यक्रियाका लागि बैंकले नेपाल आँखा अस्पताललाई ४ लाख ६७ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको थियो ।सहयोग रकम बैंकका संचालक समितिका अध्यक्ष मनोजकुमार केडियाले अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेलाई हस्तान्तरण गरेका थिए।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, वातावरण तथा अन्य विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउँदै जाने जनाएको छ।
सबै क्षेत्रमा बैंकिङ पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १८० शाखा, १०१ शाखारहित बैंकिङ सेवा, २०० एटिएम र १६०० भन्दा धेरै पिओएस मेसिनमार्फत सेवा दिइरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।