काठमाडौं- सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई युरोपियन युनियन एभिएसन सेफ्टी एजेन्सीसँग एभिएसन सेफ्टी विषयमा समझदारी पत्रमा हस्ताक्षर गर्ने स्वीकृति दिएको छ।
मन्त्रिपरिषदको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशकलाई उक्त समझदारी पत्रमा हस्ताक्षर गर्ने स्वीकृत दिएको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले पत्रकार सम्मेलनमा जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।