काठमाडौं– हिमालय एयरलाइन्सले चीनको चोङकिङमा सिधा उडान सुरु गरेको छ। साताको तीन उडान गर्ने गरी बिहिबारबाट नियमीत उडान सुरु गरेको हो।
हिमालयनको चीन उडान यो पाँचौ गन्तव्य हो भने सेडुअल फ्लाइट दोश्रो हो।
यसअघि एयरलाइन्सले बेइजिङमा नियमित उडान गरिरहेको छ भने अन्य तीन गन्तव्यमा चार्टर फ्लाइट गरिरहेको छ।
चोङकिङ उडानले भ्रमण वर्ष २०२० लाई थप सहज हुने संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको भनाइ छ।
पछिल्लो समय धेरै पर्यटक चीनबाट नेपाल आइरहेको भन्दै यो उडानले थप उत्साह जगाउने उनको ठम्याइ छ।
तीन वटा ए-३२० जहाज कायम गर्न र आठ वटा गन्तव्य स्थानमा उडान भर्ने क्षमता विकास गरेको छ।
हिमालय एअरलाइन्सले आबुधाबी, दमाम, दोहा, ढाका, क्वालालम्पुर, बेइजिङ, गुइयाडं र चाडंसामा उडान सेवा भर्दै आएको छ।
८ बिजनेस क्लास र १ सय ५० इकोनोमी क्लास सिट भएका ए ३२०-२१४ सिरिजका ३ वटा न्यारोबडी एयरक्राफ्टले सेवा उपलब्ध गराउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।