• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
एक नेवाः मुस्मांको फुटबल ‘ज्यानमारा खेलाडी!’
64x64
ऋग्वेद शर्मा बुधबार, माघ ८, २०७६  ०९:२०
1140x725

काठमाडौं- अफताब उद्दिनका पुर्खा कास्मिरबाट व्यापार गर्न काठमाडौं आए। वर्षौं पहिले। इन्द्रचोक उनीहरुको रोजाइँमा पर्‍यो। आकाशभैरव मन्दिरको वरपर। अहिले त्यो कास्मिरी बजारकै परिचयमा छँदैछ। उनीहरुको व्यापार फैलँदै गयो। विशेष त पोतेकै।

तर, अफताब उद्दिनका बुबा सम्सु उद्दिनले पोते मात्रै बेचेनन्। जिजुबाजेले इन्द्रचोकमा सुरु गरेको व्यापारसँगै उनको रोजाइँमा पर्‍यो फुटबल। त्यो समयका गजवका डिफेन्डर। खेलाडी बुबाका छोरा अफताबमा पनि त्यो गुण सर्‍यो। उस्तै डिफेन्डर।

बिसं २००४ सालमा राणा परिवारको फुटबल क्लब नरेश ११ मा सम्सु उद्दिन पनि खेल्थे। त्यसबेला राणाहरुको टिममा दुई मुसलमान खेलाडी थिए। सम्सु उद्दिनसँगै अर्का मुनिर उद्दिन।

सम्सु उद्दिनले त्यही समय इन्द्रचोक आकाशभैरव फुटबल क्लब पनि बनाएका थिए। सात जना मुसलमान र बाँकी अरु समुदायका खेलाडी मिसाएर। खाली खुट्टा चल्ने फुटबलमा टोलतिर सम्सु उद्दिनले राम्रै नाम कमाएका थिए। त्यही नाम राणाहरुमाझ र दरबारसम्म पनि फैलिएको थियो। 

फुटबलमा भिज्नुअघि सम्सु उद्दिन इन्द्रचोकको नेवारी समाजमा भिजेका हुन्। त्यहाँको रहनसहनमा रमेका हुन्। सँस्कृति बुझेका हुन्। त्यसलाई पछ्याएका हुन्। त्यसैले त उनको नाम सम्सु उद्दिनबाट शम्भु भयो। फुटबलमा शम्भुकै नामले चिनिन थाले।

राणाहरुको नरेश ११ टिम। बस्ने देब्रेबाट पहिलो सम्सु उद्दिन।

बुबाको रहनसहनको सहजता अफताबले महसुस गरिहाले। नेपाल भाषामा राम्रो दख्खल त्यसैको परिणाम न हो। त्यसैले त उनीहरुको परिचय अहिले नेवाः मुस्मांको छ। अर्थात् नेवारी मुसलमान।

बुबाको हात समाएर खेल हेर्न जाँदै गर्दा अफताबमा फुटबलको रहर बसेको थियो। त्यसलाई उनले खेलाडीकै रुपमा अघि बढाउन सके। तब त नेपाली टिमले विदेशी भूमिमा खेल्न गएको पहिलो प्रतियोगितामा सामेल थिए अफताब।

000
सन् १९६३, तत्कालीन पूर्वी पाकिस्तानको ढाकामा आगा खाँ गोल्डकप खेल्न नेपालबाट टिम जाने भयो। त्यसको व्यवस्था मिलाएका थिए नरशम्सेर जबराले।

Ncell 2
Ncell 2

बुझ्नेहरु नरशम्सेरलाई नेपालमा फुटबल विकासको महत्वपूर्ण व्यक्ति मान्छन्। भारत कोलकातामा सिकेको फुटबल नेपाल ल्याउनेदेखि लिग फुटबल सुरु गर्नेसम्मका उनका काम उल्लेख्य पनि छन्। राणाको छोरा भएर जनतासँग मिसिएर फुटबलमा लाग्नु नौलो नै थियो। त्यसबेला सम्सु उद्दिनहरु सँगसँगै थिए नरशम्सेर। 

आगा खाँ गोल्डकप खेल्न पूर्वी पाकिस्तान जानुअघि नेपालबाट भारत कोलकातामा पनि फुटबल खेल्न टोली गएको थियो। तर त्यो आगा खाँ जस्तो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा थिएन। आगा खाँमा इरान, इन्डोनेसिया, मलेसिया, सिंगापुर जस्ता टिमहरु खेल्ने भएकाले आधिकारिक नभए पनि त्यो नेपालको पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा थियो। 

आगा खाँ गोल्डकप खेल्न जानुअघि महेन्द्र गोल्ड कप खेल्न काठमाडौंको टिम विराटनगर पुगेको थियो। त्यहाँ भागलपुर टिमसँग काठमाडौंको टिम पराजित भयो। त्यही समय नरशम्सेरले आगा खाँ गोल्ड कपबाट बोलावट आएको खेलाडीहरुलाई सुनाएका थिए।

आँगा खा खेल्न जानुअघि विमानस्थलमा। उभिएका देब्रेबाट क्रमशः गजेन्द्र बस्नेत, अफताब उद्दिन, जनक शम्सेर थापा ‘बच्चु’, ज्ञान धाख्वा, आर बी राजा (कप्तान), बी बिष्ट, नरशम्सेर जबरा, विजय कुमार श्रेष्ठ, प्रकाश बिक्रम शाह, प्रभुधन सुब्बा, बाबा गुरुङ, अमर थापा।
बसेका देब्रेबाट क्रमशः बी आर थापा, पदम श्रेष्ठ, कोमल पाण्डे, विष्णु बराल, आइ एस सुब्बा, लक्ष्मण बिक्रम शाह, शालिग्राम अधिकारी र ज्ञानबहादुर श्रेष्ठ। 

आगा खाँ खेल्न जान त जाने तर जम्मा सात दिन बाँकी थियो। विराटनगर र काठमाडौंका खेलाडी मिसाएर टिम बन्यो। त्यसैमा छानिए अफताब पनि। 

पासपोर्ट बनाउनेदेखि कोट सिलाउनेसम्म हतारो सुरु भइहाल्यो। तयारी गर्दागर्दै अभ्यास गर्नै नपाई पिआइए विमान चढेर टिम पाकिस्तान लाग्यो। त्यहाँ अल हेराल्ड पाँच तारे होटलमा खेलाडीको बस्ने व्यबस्था थियो। खाने बस्ने सित्तैमा। 

नरशम्सेरले जे जे भने त्यही त्यही भयो। न प्रशिक्षक थिए, न त व्यवस्थापक। सबै नरशम्सेर।

नरशम्सेरलाई सबैले मान्थे। नरशम्सेरको राम्रो स्वभाव उनी राम्रो खेल्ने खेलाडी चिन्थे। खेलकै आधारमा व्यवहार गर्थे। बल हान्न दाहिने खुट्टा मात्र चल्ने अफताबले पनि नरशम्सेरकै भनाइ मानेर दुवै खुट्टाले बल हान्ने अभ्यास गरेका थिए। नभन्दै उनको देब्रे खुट्टा पनि राम्रै चल्ने भइसकेको थियो। 

प्रशिक्षक नरशम्सेरले सिकाउने फुटबल थियो- दौडी र बल हान। 

सेट नभएको टिम र विदेशी भूमि, पहिलो खेलमा ढाका वान्डरस क्लबसँग नेपाली टिमले ७ गोल खायो। गोलकिपरलाई गोललाइन छाडेर अगाडि बढ्न मिल्छ भन्ने थाहा नभएको त्यो समयमा वान्डरसका अग्ला खेलाडीले हाइपासमा नै धेरै गोल हानेका थिए। 

आगा खाँ खेल्ने बेला- उभिएको देब्रेबाट क्रमशः कोमल पाण्डे, प्रकाश बिक्रम शाह, गजेन्द्र बस्नेत, अफताब उद्दिन, लक्ष्मण बिक्रम शाह, बाबा गुरुङ, आइ एस सुब्बा।
बसेको देब्रेबाट क्रमशः प्रभुधन सुब्बा, बी आर थापा, विष्णु बराल, अमर थापा, आर बी राजा (कप्तान) र पदम श्रेष्ठ।

आगा खाँमा खेल हेर्न आएकाहरुले नेपाली गोर्खालीको टिम भनेर बडेमान होलान् भन्ने सोचेका रहेछन्। तर नेपाली खेलाडी मैदानमा पुग्दा युवाहरु मात्रै थिए। पहिलो खेलमा उर्लिएका दर्शक नेपालको हारपछि दोस्रो र तेस्रो खेलमा निकै घटे। 

‘उमर, मुसा जस्ता हामीले सानोदेखि नाम सुनेका खेलाडीहरु पनि रहेछन्। उनीहरुविरुद्ध नै खेल्नुपर्दा उनीहरुको स्टामिनासँग हामीले सक्ने कुरै थिएन। हामीले पहिलो हाफमा त मच्चिएर राम्रो खेलेकै हो। तर दोस्रो हाफमा पुग्दा लत्र्याकलुत्रुक भइसकेका थियौँ। सेलाउँदा सेलाउँदा गोल खान पुगिहालियो’ अहिले ७६ वर्ष पुगेका अफताबले त्यो समय सम्झिए। 

‘मुसा भन्ने खेलाडीको बानी त खेलिरहँदा कट्टु तान्दिने थियो। जिस्काइरहने अनि फोउल हान्यो भने पेनाल्टी पाउने उसको तरिका थियो। उनीहरुविरुद्ध खेल्दा मलाई पनि कट्टु तानेर जिस्काउने गरिरहेको थियो, त्यो बुझेर म संयम भइरहेको थिएँ। हान्यो भने त पेनाल्टी भइहाल्छ’ अफताबले हाँस्दै सुनाए। 

पश्चिमी पाकिस्तानले पनि नेपाली टिमलाई हरायो। त्यसपछि पाकिस्तान पुलिससँगको खेल नेपालले जित्यो। प्रकाश बिक्रम शाहले हानेको गोलमार्फत। अफताब पाकिस्तान पुलिसको खेललाई त्यसबेलाको एनआरटीसँग तुलना गर्छन्, असाध्यै फोउल खेल्ने। 

आफ्नो पुरानो तस्बिरहरु देखाउँदै अफताब उद्दिन।

जे होस् नेपालले पहिलो अन्तर्राष्ट्रिय जित पायो। तीनै खेलमा विशेष नजरमा परेका थिए, डिफेन्डर अफताब। अग्ला कदका अफताब सेतोमा बीचमा कालो रंग भएको नेपाली टिमको जर्सीमा खुलेका पनि थिए। 

आगा खाँ गोल्डकप खेलेर नेपाल फर्किएपछि अफताब दुई वर्ष क्लब फुटबलमा फेरि व्यस्त भए। जहाँबाट उनको फुटबल परिपक्व बनेको थियो।  

000
नेपालमा टोले कपदेखि लिग फुटबलसम्मका धेरै सम्झनाहरु अहिले पनि अफताबको स्मरणमा ताजै छ। उनले कुरा गर्दा आफ्नो समयका दुई खेलाडी जुजुभाइ र राजभाइलाई खुब सम्झन्छन्।

एनआरटीका डिफेन्डर राजभाइसँग त अफताब खुबै मिल्ने पनि। आफताबलाई कसैले खेल्न बोलायो भने उनी राजभाइलाई पनि डाकिहाल्थे। राजभाइलाई कसैले बोलाए उनी अफताबलाई बिर्संदैनथे। 

उनीहरुको फुटबल हुर्कंदै गर्दा टोल टोलमा बालसखा टिम भनेर फुटबल टिमहरु बन्न थालेको थियो। चलेका टिमहरुले पनि आफ्नो बालसखा टिम बनाइरहेका थिए। 

अफताब उद्दिन

बालसखामा खेलाडीको उचाइ नापेर प्रतियोगिता खेलाउने चलन थियो। पाँच फिट भन्दा अग्लो हुँदा टिममा पर्न कठीन हुन्थ्यो। त्यही समस्यामा परेका थिए अफताब। सामान्य केटाभन्दा उनी केही अग्ला। त्यसैले प्रतियोगितामा खेल्न उनी बेलाबेला अनौठो जुक्ति पनि लगाउँथे। ज्यानमा साइकलको ट्युबले कसेर अलिकति निहुरिएर हाइट नाप्ने अनि खेल्न जाने।

पद्मोदय स्कूल हुँदै बालसखा टिमबाट बढेको फुटबलमा अफताब संकटा टिमसम्म पुगे। एक वर्ष संकटामा खेलेपछि उनी एनआरटीको ‘बी’ टिमबाट खेल्न थाले। त्यहाँ पनि एक वर्ष खेलेपछि उनको बढुवा भयो, एनआरटीकै सिनियर टिममा। जहाँबाट उनले तीन वर्ष खेले। 

एनआरटी जस्तो ‘फोउल खेल्ने’ ख्याती कमाएको टिमबाट अफताब सबैभन्दा अनुशासित टिमको रुपमा चिनिने विद्याव्यायाममा पुगे। त्यसबेला सबैभन्दा राम्रो फुटबल खेल्ने टिमका रुपमा विद्याव्यायामको चर्चा निकै थियो। 

त्यसैले विद्याव्यायामको खेल हेर्न आउने मान्छे असाध्यै धेरै हुन्थे। सुशिल सम्शेरले बनाएको विद्याव्यायाम विशेष त ‘फेयर गेम’ का लागि नै चिनिन्थ्यो। विद्याव्यायामबाट नै अफताबले ‘ए’ डिभिजन लिग पनि जितेका थिए। 

काठमाडौंबाट छानिएर बाहिर जिल्लामा खेल्न जाने टिमबाट पनि अफताब केही समय खेले। जहाँबाट विराटनगरतिर धेरै पटक खेल्न गएको उनलाई याद छ। 

अफताब उद्दिन

‘त्यो समय वीरगञ्जमा पनि खेल्न गइयो। जितेका पनि थियौँ। कति पटक त अरु टिमका लागि खेल्न एक्लै पनि गएको थिएँ’, उनले सुनाए, ‘सबै सामान आफैले किनेर खेल्नुपथ्र्यो। अहिले जस्तो कसैले दिने भन्ने हुँदैन थियो। अहिले जसरी फुटबल संघले गरेको खर्च त्यो बेला भएको भए नेपालको टिम कहाँ पुग्थ्यो कहाँ।’

कहिल्यै बुट नलगाएका फुटबल खेलाडी सम्सु उद्दिनका छोरा अफताबले भने क्लबले नदिए पनि फुटबल खेल्न थालेदेखि नै बुट लगाएरै खेलेका हुन्।

‘एकपटक त दशरथ रंगशालामा म बुबाविरुद्ध नै पनि खेलेको छु। भेट्रान टिममा बुबाको टिम थियो, हाम्रो जुनियर टिम थियो। तर मैदानमा हुँदा नाता याद नै हुँदैन। खेलमा मात्रै ध्यान हुन्छ’ अफताबले सुनाए। 

000
अफताबको फुटबल खेल्दाका रमाइला क्षणहरु जस्ता छन् त्यो भन्दा दुःखद छ उनले फुटबल छाड्दाको घटना।

अहिले लिग फुटबलमा खाली रंगशाला देख्ने पुस्तालाई अचम्म लाग्न सक्छ, त्यो समय फुटबल हेर्न टोल नै उर्लिएर रंगशाला पुग्थ्यो। एकअर्काका समर्थक रोक्न बाटो छेक्नेदेखि खेल हेरिरहँदाका हानाहान सामान्य जस्तो हुन्थ्यो। 

त्यो बेला असाध्यै तगडा थिए अफताब। डिफेन्स खेल्दा ज्यान गए बल नछाड्ने उनको स्वभावै हो। त्यसैले त अरुले उनलाई नाम राखिदिएका थिए- ‘ज्यानमारा खेलाडी’

दर्शकहरु उनले सुन्नेगरी नै भनिदिन्थे- ज्यानमारा आयो। 

हुन पनि यदि डिफेन्सबाट बल फुत्कियो भने उनी फरवार्ड लडाएर भए पनि गोल रोक्न पछि पर्दैन थिए। 

कुलेश्वरस्थित आफ्नो घरमा अफताब उद्दिन।

एनआरटी जस्तै ‘फोउल’ खेल्ने टिमका रुपमा चिनिएको थियो त्यसबेला फ्रेन्ड्स पनि। त्यसमा खेलाडी भन्दा बढी झगडालु थिए फ्रेन्ड्सका दर्शक। 

‘फ्रेन्ड्स युनियन र विद्याव्यायामको खेल हुँदा उनीहरु असाध्यै रफ खेल्ने। हामी फेयर खेल्ने। दुवैतिरको समर्थक अति नै धेरै हुन्थे। पाटनको दर्शकसँग यता काठमाडौंको दर्शकको ठूलो झगडा परिरहन्थ्यो’ अफताबले सुनाए। 

एकपटक त्यस्तै अवस्थाले अफताबले फुटबल नै छाडिदिए। फ्रेन्ड्स र विद्याव्यायामको फाइनल खेल थियो। पाटनका झगडालु दर्शकले खेलभर अफताबलाई तथानाम गाली गरिरहे। दर्शकमै बसेर छोराको खेल हेर्दै थिए अफताबका बुबा सम्सु उद्दिन। 

‘मैले त खेल्ने बेलासम्म गालीको वास्ता गर्ने कुरा पनि भएन। खेलमा मात्रै ध्यान दिइरहेको थिएँ। तर बुबाले खेलभर धेरै विचार गरिरहनु भएको रहेछ’ उनले भने। 

खेल सकिने वित्तिकै सम्सु उद्दिनले भनेका थिए- तिमी फुटबल खेल्न छाडिदेउ। 

अफताबले पनि धेरै नसोची भने- हुन्छ। 

त्यसपछि अफताबले फुटबल खेलेनन्। उनको मनमा अलि नराम्रो परेको थियो।

त्यसबेला उनलाई लागेको थियो- आफ्नो खाएर लाएर खेल्नुपर्छ त्यस्तोमा पनि दुनियाँको गाली किन खाने। 

त्यसपछि अफताब रंगशाला तीन पटक मात्रै गएका छन्। गएर खेल हेर्दा उनलाई चित्त बुझ्दैन रभ कराउन मन लाग्छ। भन्छन्- ‘अब त कराउन पनि नसक्ने भइसकेँ। त्यसैले हेर्न जाँदिनँ।’ 

अहिले त उनी बिरामी पनि छन्। तीन वर्षअघि लागेको सुगर र प्रेसर उनले नसोचेको समस्या हो। त्यही पनि हिँड्नमा आँट त अझै छ। यता उता पुगिरहेका हुन्छन्। 

अफताब उद्दिन

‘घाँटीको हड्डी खिस्सिएको छ। धेरै यताउता गर्न, ठूलो स्वरले कराउन सक्दिनँ। हड्डीको समय गयो नि त। मनमा हुन्छ यो गरौँ तर सक्दिनँ, दुई पाइला दौडियो भने लडिन्छ’ दुखाइ पनि उनले जोशमै सुनाए। 

अहिले उनलाई एउटा कुरामा खुसी छ। भन्छन्- ‘म जहाँ पुगेँ त्यहाँ मुसलमानबाट कोही पुगेकै छैन। म एक जना होइन अरु पनि होस् जस्तो लाग्छ तर भएको छैन। म एक्लै भएकोमा केही गर्व पनि छ।’

नेपालमा फुटबलमा मुसलमानबाट यति ख्याति कमाएको आफू मात्र हुँदा केही खुसी लागे पनि अब उनको सोच छ- ६ वर्षको नातिलाई फुटबल खेलाडी बनाउन पाए। 

तर डर पनि उस्तै छ, ‘बुढो भएँ, अब मै गएँ भने त त्यो पनि सकिएन।’

प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  ०९:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
मस्कले ‘सोच्ने शक्ति गुमाएको’ ट्रम्पको दावी शनिबार, जेठ २४, २०८२
२ लाखका योजना पनि संघीय सरकार अन्तर्गत राखियो : वर्षमान पुन शनिबार, जेठ २४, २०८२
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु शनिबार, जेठ २४, २०८२
बर्खा लाग्यो अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन शनिबार, जेठ २४, २०८२
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
संसद्को अवरोधबारे छलफल गर्न विपक्षी दलहरूको बैठक जारी शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्