काठमाडौं– मकवानपुरको दामनस्थित एक होटलमा सुतेको अवस्थामा बेहोस भएका आठै जना भारतीय पर्यटकको मृत्यु भएको छ।
उनीहरुको उपचारको क्रममा काठमाडौंस्थित ह्याम्स अस्पतालमा मृत्यु भएको महानगरीइ प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।
मृत्यु हुनेमा ४ जना बालबालिका छन् भने दुई पुरुष र दुई महिला छन् । उनीहरुको दुई परिवारका सदस्य भएको हुनसक्ने प्रहरीले जनाएको छ।
बेहास उनीहरुको उद्दार गरी हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको थियो । कोठामा हिटर बालेर सुतेका उनीहरु बेहास भएको थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।