काठमाडौं- नेपाल सरकारले सलियतपूर्णका ऋणका लागि प्रोत्साहन गरे पनि यस्तो कर्जा लिनेको संख्या जम्मा २४ सय ९९ जना मात्रै पुगेको छ।
चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा यस्तो कर्जा १ अर्ब ४० करोड रुपैयाँ प्रवाह भएको छ।
नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरूलाई अनिवार्य रुपमा कम्तीमा पनि ५ सय वटा सहुलियतपूर्ण कर्जा प्रवाह गर्न निर्देशन गरेको छ।
त्यस्तै विकास बैंकहरूले कम्तीमा पनि २ सय र माइक्रोफाइनान्सले १ सय सहुलियतपूर्ण कर्जा प्रवाह गर्नु पर्ने व्यवस्था गरिएको छ।
तर बैंकहरुले यस्तो कर्जा प्रवाहका लागि अटेर गर्दै आएका छन्।
मंसिर मसान्तसम्ममा कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत १९ हजार ५ सय ९७ जनाले ३८ अर्ब १७ करोड रुपैयाँ लिएका छन्।
कात्तिक महिनामा यस्तो कर्जा प्रवाह १८ हजार ७४३ जनालाई ३९ अर्ब ८० करोड रुपैयाँ प्रवाह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।