काठमाडौं- बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २५ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने भएको छ। दुई वटा क्यासेट प्रोजेक्ट निर्माण गरिरहेको कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।
कम्पनीले ८.८ मेगावाट क्षमताको रुदी खोला 'ए'को निर्माण कार्य सकिसकेको छ। त्यस्तै दोस्रो ६.६ मेगावाट क्षमताको रुदी खोला 'बि' जलविद्युत आयोजनाको निर्माण कार्य भैरहेको छ। पहिलो आयोजनाको लागत एक अर्ब ५० करोड रुपैयाँ छ। पहिलो आयोजनाको प्रतिमेगावाट लागत १७ करोड चार लाख रुपैयाँ रहेको छ।
आयोजना निर्माणको लागि ७० प्रतिशत सानिमा बैंकको नेतृत्वमा र बाँकी ३० प्रतिशत प्रवर्द्धकको तर्फबाट जुटाइएको छ। आयोजनाको निर्माण कार्य २०७४ असार मसान्त भित्रै सकिने घोषणा भए पनि बाढी पहिरोको कारणले ढिला सम्पन्न भएको हो।
कम्पनीले नेपाल विद्युत प्राधिकरण सँग विद्युत खरिद सम्झौता (पिपिए) हिउँदमा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसामा भएको छ।
कम्पनीको हालको चुक्ता पूँजी ७३ करोड ६९ लाख रुपैयाँ छ। २५ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गरे सँगै चुक्ता पुँजी ९८ करोड ६९ लाख रुपैयाँ पुग्नेछ। प्राथमिक शेयर निष्काशन पछि सर्वसाधारणको शेयर हिस्सा २५.३३ प्रतिशत कामय हुनेछ।
प्राथमिक शेयर निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।