• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

२० वर्षअघि सुरु भएको खानेपानी आयोजना अझै अलपत्र

बोरिङबाट पानी नआएपछि आयोजना असफल, भौतिक संरचनासमेत जीर्ण
64x64
नेपाल लाइभ सोमबार, माघ ६, २०७६  ०६:१५
1140x725

राजविराज– सप्तरीको शम्भुनाथ नगरपालिका– ६ कठौनामा २० वर्षअघि सुरु भएको ‘मोहनपुर खानेपानी आयोजना’को काम अझै पूरा भएको छैन। वर्षौ वितिसक्दा पनि निर्माण पूरा नहुँदा स्थानीयवासी शुद्ध पिउने पानीबाट बन्चित छन्।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजविराजले आर्थिक वर्ष २०५६/०५७ मा साविककाे मोहनपुर गाविस र भंगहा गाविसको वडा नं. ५, ६ र ८ का नागरिकलाई शुद्ध पिउने पानी पुर्‍याउने लक्ष्य राखी आयोजनाको निर्माण सुरु गरेको थियो।ओभरहेड ट्यांकी, खानेपानी कार्यालय भवन, पर्खाललगायतका काम पूरा भईसके पनि बाेरिङ्गबाट फोहोर पानी आएपछि आयोजनाको काम लम्बिँदै गयो।

एक ठाउँमा फाेहाेर पानी आएपछि आसपासका ५ ठाउँमा बाेरिङ्ग गर्दा पनि सफा पानी नआएपछि आयोजना नै असफल भएको कर्मचारीहरु बताउँछन्। सुरुका केही महिना बोरिङ्गबाट राम्रो पानी आए पनि त्यसपछि फोहाेर र लेदो आएका कारण आयोजना सफल हुन नसकोको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डिभिजन नं. १ राजविराजका इन्जिनियर शैलेन्द्रकुमार झा बताउँछन्।

आयोजना असफल भएपछि ओभरहेड ट्यांकी, भवनलगायतका संरचना जीर्ण भएका छन्। फर्निचर र पर्खालको तारसमेत चोरी भएको स्थानीयवासीले बताए। जडान गरिएका पाइपसमेत काटिएको शम्भुनाथ नगरपालिका– ६ का वडाध्यक्ष याकुव राईनले जानकारी दिए।

हाल शम्भुनाथ नगरपालिकाले आयोजना क्षेत्रलाई ग्यारेजको रुपमा प्रयोग गरिहेको छ। आयोजना क्षेत्रभित्र भवन निर्माण गरी दमकल, ट्रिपर, जेसीबीलगायतका सवारी साधन राख्न थालिएको स्थानीयले बताए।

वडाध्यक्ष राईनले स्थानीय तह निर्वाचनअघि नै त्यसलाई ग्यारेजको रुपमा प्रयोग गरिएकाले अहिले पनि यथावत रहेको बताए। ‘नगरपालिकाले आफ्नो ग्यारेज बनाउँदैछ, अब ग्यारेज सारेर खानेपानी आयोजना नै संचालनमा ल्याउन हामी काम गर्छौं।’

मोहनपुर खानेपानी आयोजना असफल भएको करिब १३ वर्षपछि डिभिजन कार्यालयले कञ्चनरुप नगरपालिका– ३ वरमझियामा अर्को आयोजना (वरमझिया खानेपानी आयोजना) सुरु गर्‍यो। दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने उक्त आयोजना करिब ७ वर्ष बितिसक्दा पनि अधुरै छ। २०६९ चैत २६ गते सुरु भएको उक्त आयोजना २०७१ चैत ३० गतेभित्र सम्पन्न हुनुपर्ने थियो।

Ncell 2
Ncell 2
nimb
nimb

तत्कालीन वरमझिया गाविस, सशस्त्र प्रहरी बल दन्तकाली गण र आसपासका क्षेत्रलाई लक्षित गरी सुरु भएको आयोजना निर्माण गर्ने ठेक्का कस्यप-पञ्चकन्या निर्माण सेवा जेभीले पाएको छ। कूल ७४ लाख ५८ हजार २ सय २७ रुपैयाँ ७६ पैसामा निर्माणको ठेक्का लागेको थियो।

डिभिजन कार्यालयकै तथ्यांकअनुसार आयोजनाको ५७ दशमलव ३० प्रतिशतमात्रै काम सम्पन्न भएको छ। तर, २ लाख २५ हजार लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माणको कामसमेत अधुरो छ। गाउँगाउँ पानी पुर्‍याउन पाइप जडान गर्नुपर्ने, धारा जडान गर्नुपर्ने लगायतका अन्य काम बाँकी नै छन्। निर्माण कम्पनीले ४२ लाख ७३ हजार ७ सय १८ रुपैयाँ भुक्तानी पनि लिएको इन्जिनियर झाले बताए।

हाल आयोजनाको कम्पाउण्ड क्षेत्रभित्र स्थानीयवासीले गाईवस्तु बाँध्ने/चराउने र परालको कुन्यु राख्न थालेका छन्। आयोजना सम्पन्न हुने छाँटकाँट नदेखेपछि उनीहरुसमेत चिन्तित छन्। ‘गाउँभरीकै ट्युवेलको पानीमा आर्सेनिक छ। स्वास्थ्यका हिसाबले ट्युवेलको पानी प्रयोग गर्नु काल बाेलाउनुजस्तै हो,’ स्थानीय सुरेश चौधरीले भने, ‘तर जतिसुकै प्रयास गर्दा पनि काम पूरा नभएपछि सबैले आर्सेनिक भएकै पानी प्रयोग गरिरहेका  छौं।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आयोजना सम्पन्न गर्न मन्त्रालय, विभाग र सम्बन्धित मन्त्रीलाई भेटेर पटक–पटक आग्रह गर्दा पनि काम पूरा नभएको भन्दै उनले दुःख व्यक्त गरे। खानेपानी आयोजनाका लागि चौधरीले नै करिब १ करोड मूल्य बराबरको ५ कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएका छन्।

वरमझियामात्रै होइन, कञ्चनरुप नगरपालिकाभित्र एकै प्रकृतिका ३ वटा आयोजना सबै अधुरा छन्। तीनवटै आयोजनाको ठेक्का कस्यप निर्माण सेवाले नै पाएको छ।

कञ्चनरुप नगरपालिका– ६ घोघनपुरमा ५० लाख ५७ हजार ३ सय ८ रुपैयाँको लागतमा २०७० भदौदेखि घोघनपुर खानेपानी आयोजनाको काम सुरु भएको थियो। २०७५ जेठभित्र सम्पन्न गर्नुपर्ने यो आयोजनाको ५८ प्रतिशत काम सम्पन्न भएको छ।

निर्माण कम्पनीले २९ लाख ३३ हजार ५ सय ८८ रुपैयाँ भुक्तानी समेत लिएको छ। तर, आयोजना स्थलको अवस्था भने उराठलाग्दो छ। ट्यांकी निर्माण अधुरो छ। बाउण्ड्रिवाल भत्किएर इट्टासमेत भेटिन छोडेका छन्। दुई वर्षअघि पौडाहा खोलामा आएको बाढीले बाउण्ड्रिवाल भत्काएको थियो। त्यसपछि त्यहाँका इट्टासमेत चोरी भएको स्थानीय बताउँछन्।

पानीको स्राेतका लागि गाडिएका दुईवटा बाेरिङ्ग पुरिएका छन्। रेखदेखका लागि कोही नबस्दा अधिकांश निर्माण सामग्री चोरी भएको स्थानीय मो. रजाउल्लाले बताए। पाइपलगायतका केहि सामग्री भने स्थानीय महेन्द्र जनता माध्यमिक विद्यालयमा राखिएको छ। बाढीले बगाउने तथा चोरीको सम्भावना बढेपछि आयोजनाका केही सामग्री सुरक्षाका लागि आफूले विद्यालय हाताभित्र राख्न लगाएको प्रधानाध्यापक मो. सलिमले बताए।

यस्तै वडा नं. १२, रुपनगरमा २०७१ असारमा सुरु भएको ३६ लाख २७ हजार ६० रुपैयाँको आयोजना पनि अधुरो छ। २ वर्षभित्र सम्पन्न हुनुपर्ने आयोजनाको ट्यांकी निर्माणको काम पनि पूरा भएको छैन। अन्य काम सबै बाँकी रहेको स्थानीयवासीले जानकारी दिए। यस्को ठेक्का कस्यप-सुमित एण्ड सुदिप ऋषी जेभिले लिएको छ।

३० प्रतिशत काम सम्पन्न भएको कागज देखाएर निर्माण कम्पनीले १० लाख ९१ हजार २ सय १२ रुपैयाँ भुक्तानी लिएको डिभिजन कार्यालयले जनाएको छ।

एक दर्जन आयोजना अधुरा
मोहनपुर, वरमझिया, घोघनपुर र रुपनगरमात्र होइन, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीले सुरु गरेका करिब ८ करोड बराबरका ११ वटा आयोजना वर्षौदेखि अधुरा छन्। ११ मध्ये ६ वटा आयोजना कस्यप निर्माण सेवाको नाममा छन्।

घोघनपुर, वरमझीया र रुपनगरसहित ०७० जेठमा सुरु भएको १ करोड ३१ लाख ९३ हजार १ सय ९ रुपैयाँ लागतको मलेकपुर खानेपानी आयोजना, सोही मितिमा सुरु भएको ७६ लाख २९ हजार ५ सय ४८ रुपैयाँ लागतको पातो खानेपानी आयोजना, ०७१ असारमा सुरु भएको ३६ लाख ४४ हजार ८ सय ४६ रुपैयाँ लागतको पूर्व पिप्रा खानेपानी अयोजना अधुरा छन्। सबै आयोजनाको निर्माणको ठेक्का कस्यप निर्माण सेवाले लिएको छ।

यसैगरी, ०७३ मंसिरमा सुरु भएको १ करोड २ लाख २२ हजार ६७ रुपैयाँ लागतको वोदेवरसाईन खानेपानी आयोजना, ०७४ जेठमा सुरु भएको ५१ लाख ९० हजार ९ सय ५ रुपैयाँ लागतको कोईलाडी खानेपानी आयोजना, सोही मितिमा ५१ लाख ९६ हजार ५ सय ५५ रुपैयाँ लागतको महुलीया खानेपानी आयोजना र ०७३ मंसिरमा ६७ लाख ८५ हजार ४३५ को लागतमा सुरु भएको पोर्ताहा खानेपानी आयोजना हालसम्म पनि अधुरा छन्।

०७५ वैशाखमा ७० लाख ४६ हजार ६ सय ६८ रुपैयाँमा ठेक्का लागेको रमपुरा मलहनीया खानेपानी आयोजनाको काम सुरु नै भएको छैन। अधुरो अवस्थामा रहेको हनुमाननगर खानेपानी आयोजनाको काम पूर्णरूपमा बन्द भएको छ। उक्त आयोजनाका लागि थप बजेटसमेत नआउने डिभिजन कार्यालयका इन्जिनियर झाले बताए। कार्यालयले उक्त आयोजनाको रेकर्डसमेत राख्न छोडेको छ।

यसबाहेक डिभिजन कार्यालयले ०७५ बैशाखमा ७० लाख ५० हजार ४ सय ८५ रुपैयाँको लागतमा पटेर्वा खानेपानी आयोजना, ०७४ चैतमा ७० लाख ५८ हजार २ सय ६ रुपैयाँको लागतमा डाढा खानेपानी आयोजना र ०७४ चैतमा ७० लाख ३ हजार ८ सय ३४ रुपैयाँको लागतमा हरिरावा खानेपानी आयोजनाको काम सुरु गरेको छ। तीमध्ये पटेर्वाको ०७७ बैशाख र अन्य दुई आयोजनाको काम ०७६ चैतमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ। तर, तीनवटै आयोजनाको काम ५२ देखि ५९ प्रतिशतमात्रै सम्पन्न भएको कार्यालयले जनाएको छ।

बजेट अभावले याेजना प्रभावित
नेपानी तथा सरसफाई डिभिजन कार्यालयले आव ०७६/०७७ का लागि थप दुईवटा योजनामार्फत् जिल्लाभरि ७ करोड ४९ लाख ९८ हजारका ३३ वटा नयाँ खानेपानी आयोजना सुरु गरेको छ।

‘तराई मधेस खानेपानी सुधार कार्यक्रम’ अन्तर्गत ५ करोड १९ लाखका १९ वटा र ‘जलवायु अनुकुलीत वृहत खानेपानी आयोजना’ अन्तर्गत २ करोड ३० लाख ९८ हजारका १४ वटा आयोजना सुरु भएका छन्। तर, प्रदेश सरकारले हालसम्म पनि बजेट नदिएर सबै कार्यक्रम रोकिएको कार्यालयले जनाएको छ।

‘तराई मधेस खानेपानी सुधार कार्यक्रम’अन्तर्गत हरिरावा खानेपानी आयोजना, दौलतपुर खानेपानी आयोजना, रम्पुरा मलहनीया खानेपानी आयोजना, डाढा खानेपानी आयोजना, पटेर्वा खानेपानी आयोजना, लालापट्टि खानेपानी आयोजना, पश्चिम पिप्रा–२ खानेपानी आयोजना, घोघनपुर खानेपानी आयोजना, वरमझिया खानेपानी आयोजना, रुपनगर खानेपानी आयोजना, तिलाठी खानेपानी आयोजना, रुपनी बजार खानेपानी आयोजना, महुलिया खानेपानी आयोजना, कोईलाडी १–६ खानेपानी आयोजना, फर्सैठ स्यालो ट्युवेल खानेपानी आयोजना, कञ्चन रुपनगर स्यालो ट्युवेल खानेपानी आयोजना, सारस्वर स्यालो ट्युवेल खानेपानी आयोजना, सप्तकोशी खानेपानी आयोजना, अर्नाहा खानेपानी आयोजना सुरु भएका छन्।

यसैगरी, ‘जलवायुअनुकूलित  वृहत खानेपानी आयोजना’अन्तर्गत मलेकपुर (गणेशमान सिंह स्मारक उद्यान) खानेपानी आयोजना, कञ्चनपुर खानेपानी आयोजना, हनुमाननगर खानेपानी आयोजना, शम्भुनाथ खानेपानी आयोजना, वोदेवरसाईन खानेपानी आयोजना, पातो खानेपानी आयोजना, भारदह पोर्ताहा खानेपानी आयोजना, कल्यापुर ३ खानेपानी आयोजना, को. वरसाईन खानेपानी आयोजना, वरसाईन खानेपानी आयोजना, महदेवा खानेपानी आयोजना, महदेवा खानेपानी आयोजना, बथनाहा खानेपानी आयोजना, वैरवा खानेपानी आयोजना र पकरी खानेपानी आयोजना छन् ।

सरकारले बजेट नै दिँदैन : डिभिजन कार्यालय
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डिभिजन नं. १ राजविराजले सरकारले समयमा बजेट उपलब्ध नगराउँदा खानेपानी आयोजना अलपत्र परेको जनाएकाे छ। ‘सरकारले समयमा बजेट दिँदैन। बजेट नहुँदा काममा ढिलाइ भएको छ,’ डिभिजन कार्यालयका निमित्त प्रमुखसमेत रहेका इन्जिनियर झाले भने, ‘किस्ता–किस्तामा पठाउने बजेटले कुनै वर्ष काम हुन्छ, कुनै वर्ष हुँदैन।’

अघिल्लो वर्ष बजेट नआएर कतै पनि काम नभएको र भएको कामको समेत भुक्तानी रोकिएको उनले जानकारी दिए। ‘आयोजना सुरु गर्ने तर समयमा पर्याप्त बजेट नदिने प्रवृत्तिकै कारण काम पूरा गर्न सकिएको छैन,’ झाले भने, ‘तोकेको बजेट पर्याप्त र समयमा आएको अहिलेसम्म हामीलाई जानकारी छैन।’ 

चालु आर्थिक वर्षको ६ महिना बितिसक्दा पनि सरकारले बजेट नदिएको कार्यालयले जनाएको छ। ‘६ महिना बित्यो अहिलेसम्म योजना पनि छैन, पैसा पनि छैन,’ झा भन्छन्, ‘तलब खान पनि मुस्किल पर्‍याे। दशैंमा बल्लतल्ल तलब खायौं, त्यसपछि कर्मचारी त्यसै बसेका छन्।’

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्रदेश सरकारअन्तर्गत आएपछि अधुरा रहेका योजनाको म्याद थप गर्न पनि समस्या परेको कार्यालयका कर्मचारीहरु बताउँछन्। ‘मन्त्रीलाई साइकल बाँडेरै फुर्सद छैन,’ एक कर्मचारी भने, ‘नयाँ योजना र म्याद थपका लागि कस्ले ध्यान दिने, कस्ले काम गर्ने?’

योजना असफल हुनुमा ठेक्का प्रणालीमा भएको कमजोरी पनि प्रमुख कारण रहेको कर्मचारीहरुको बझाइ छ। ‘३० देखि ४० प्रतिशतसम्म बिलोमा गएर ठेक्का लगाएपछि ठेकेदारले काममा चासो दिँदैनन्,’ निमित्त प्रमुख झा भन्छन्, ‘हामीले दबाब दिँदा पनि तातो नलागेपछि कसरी काम गराउने?’

प्रकाशित मिति: सोमबार, माघ ६, २०७६  ०६:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना
जनकपुरले चितवनलाई दियो ८९ रनको झिनो लक्ष्य, प्लेअफ दौडमा दबाब
गृहमन्त्री सुधन गुरुङ शुक्रबार साँझ युएई प्रस्थान गर्दै
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
जनकपुरले चितवनलाई दियो ८९ रनको झिनो लक्ष्य, प्लेअफ दौडमा दबाब शुक्रबार, कात्तिक २७, २०८३
गृहमन्त्री सुधन गुरुङ शुक्रबार साँझ युएई प्रस्थान गर्दै शुक्रबार, कात्तिक २७, २०८३
एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा शुक्रबार, कात्तिक २७, २०८३
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्