काठमाडौं- नेपाल राष्ट्र बैंकले दुई सहायक निर्देशकलाई कामु कार्यकारी निर्देशक पदमा बढुवा गरेको छ।
बैंकले रेवती नेपाल र रामु पौडेललाई कायम मुकायम निर्देशकमा बढुवा गरेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए।
पौडेल यसअगाडि वित्तीय जानकारी इकाइका निर्देशक थिए भने नेपाल कानुनी विभागका निर्देशक थिए।
पछिल्लो समय राष्ट्र बैंकबाट धेरै निर्देशकहरुको पदावधि सकिएर निर्देशक पदहरु रिक्त छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।