• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार ३, २०८३ Wed, Jun 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

२०१९ मा लुम्बिनीमा ११५ देशका पौने दुई लाख पर्यटक

नामै नसुनेका देशबाट पनि लुम्बिनी भ्रमण
64x64
नेपाल लाइभ शुक्रबार, माघ ३, २०७६  १९:१८
1140x725

लुम्बिनी– सन् २०१९ मा बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वका १ सय १५ देशका पौने दुई लाख पर्यटक आएका छन्। विश्वकै आस्था र आकर्षणको केन्द्रका रुपमा रहेको लुम्बिनीमा पछिल्ला वर्ष पर्यटक आवागमन बढेको छ।

बिश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीमा घुम्नका लागि सन् २०१९ मा १ सय १५ देशका १ लाख ७४ हजार १५ जना पर्यटक तथा श्रद्धालु आएको लुम्बिनी विकास कोषको तथ्याङक छ। सन् २०१८ मा १ सय ८ देशका १ लाख ६९ हजार ९ सय ४ जना विदेशी पर्यटक आएका थिए।

लुम्बिनीमा श्रीलंका, थाईल्याण्ड, भियतनाम, चीन, कम्बोडिया, फ्रान्स, जर्मनी, ईन्डोनेसिया, जापान, मलेसियासहित इरान, इराक, सिरिया, उरुग्वे, ताजकिस्तान, क्युबा, दक्षिण अफ्रिका र बुर्किनाफासो लगायतका मुलुकबाट पर्यटक घुम्न आएका थिए।

कहाँबाट कति पर्यटक?

लुम्बिनीमा सबैभन्दा बढी पर्यटक श्रीलङकाबाट आएका छन्। श्रीलङकाबाट ४७ हजार ५ सय ७ जना आएका छन्। त्यस्तै दोश्रोमा म्यानमारबाट ३० हजार ७ सय ९१, थाईल्याण्डबाट २८ हजार ३ सय ६४, चीनबाट २१ हजार २ सय ६९ पर्यटक आएका छन्। 

त्यस्तै भियतनामबाट ८ हजार ३ सय ४५, दक्षिण कोरियाबाट ६ हजार १ सय ४५, जर्मनीबाट ३ हजार ३ सय ६, फ्रान्सबाट २ हजार १७, जापानबाट २ हजार ५६, मलेसियाबाट १९ सय ९५ पर्यटक आएका छन्। लुम्बिनीमा इरानबाट २९, सिरियाबाट, दक्षिण अफ्रिका ४९, सर्बियाबाट ८, साउदी अरबबाट ८, उरुग्वेबाट ७ तथा फिलिपिन्सबाट ७ जना आएका छन् ।

सन् २०१८ मा बौद्धमार्गी मुलुक श्रीलङकाबाट ५९ हजार ९ सय ५९ पर्यटक लुम्बिनी आएका थिए। त्यस्तै थाईल्याण्डबाट २६ हजार ६ सय ७७, म्यानमारबाट २५ हजार ३ सय ३३ र चीनबाट १८ हजार ४ सय ६० पर्यटक आएका थिए। लुम्बिनीमा आउने पर्यटकमध्ये २०१८ को तुलनामा श्रीलङकाका पर्यटकमा कमी आएको छ । २०१८ मा ५९ हजार ९ सय ५९ जना आएकोमा २०१९ मा ४७ हजार ५ सय ७ जनामात्र आएका छन्। यो सङख्या १२ हजार ४ सय ५२ ले कमी हो।

nimb
nimb
Ncell 2
Ncell 2

२०१८ को तुलनामा म्यानमार, थाईल्याण्ड तथा चीनबाट आउने पर्यटकको संख्यामा भने क्रमशः वृद्धि भएको छ। थाईल्याण्डबाट ४ हजार, म्यानमारबाट ५ हजार र चिनबाट ३ हजार पर्यटक २०१८ को तुलनामा बढी आएका छन् ।

यी देशबाट आए १ वर्षमा १ जनामात्र पर्यटक

बुद्ध जन्मस्थल लुम्बिनीमा वर्षमा एक जनामात्र पर्यटक पनि आएका छन्। लुम्बिनीमा अल्बेनिया, एन्डोरा, ताजकिस्तान, बहामास, बहराईन, बोलिभिया, साईप्रस, लेबनान, जिम्बाबे, पलाउ र लिबियाबाट १÷१  जना पर्यटक  आएका थिए। त्यस्तै अल्जेरियाबा २, इराकबाट २,  बुर्किनाफासो २, बोत्स्वानाबाट २,  ईस्टोनियाबाट २, होन्डुरसबाट २, कुवेतबाट २, मलडोभाबाट २, मोनाकोबाट २, मोन्टेनिग्रोबाट २, दक्षिण सुडानबाट २, युएईबाट २, आएका छन् ।

लुम्बिनीको प्रचारप्रसार विश्वभर फैलिँदै गएको तथा मुलुकको सहज अबस्थाका कारण लुम्बिनी आउने पर्यटकको सङख्यामा क्रमश वृद्धि भईरहेको कोषका सदस्य सचिव सरोज भट्टराईले जानकारी दिए।

मुलुकमा बन्द, हड्ताल, आन्दोलनलगायतका क्रियाकलापमा कमी आउनु तथा राजनीतिक स्थिरताका कारण लुम्बिनीलगायत देशका पर्यटकीय गन्तव्यमा पर्यटक आवागमनमा वृद्धि भएको सदस्य सचिव भट्टराईको भनाइ छ। ‘लुम्बिनीमा भएको योजनाबद्ध विकास तथा लुम्बिनी सुन्दर बन्दै गएकाले पर्यटक बढेका हुन्,’ सदस्य सचिव भट्टराईले भने, ‘प्रदेश र संघीय सरकारले विभिन्न देशमा गएर गरेका पर्यटन प्रवद्र्धनात्मक कार्यक्रमका कारण पनि लुम्बिनीमा पर्यटक आवागमन बढेको हो ।’ 

लुम्बिनीमा पर्यटक, तीर्थयात्री, भिक्षु–भिक्षुणी, उपासक–उपासिका आउने क्रम बढेको कोषले जनाएको छ । लुम्बिनीको पर्यटन प्रबद्र्धन र प्रचारप्रसारका लागि प्रदेश सरकारले लुम्बिनी भ्रमण बर्ष २०७६ मनाईरहेको छ। संघीय सरकारले नेपालको पर्यटन प्रबद्र्धनका लागि नेपाल भ्रमण २०२० मनाउँदैछ। 
लुम्बिनीमा केही वर्षदेखि आयोजित अन्तर्राष्ट्रिय त्रिपिटक पाठलगायतका बौद्धसम्बन्धी कार्यक्रमका कारण पनि बौद्धमार्गी तथा अध्येताको ध्यान लुम्बिनीमा तानेको छ ।

लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा कात्तिक २८ देखि ३० गतेसम्म त्रिपिटक पाठ गरिएको थियो। कार्यक्रममा नेपाल, भारत, श्रीलङ्का, म्यान्मा, थाइल्याण्ड, कोरिया, जापानलगायत २५ देशका सयौं भिक्षु, गुरुआमा, लामा, आनी तथा उपासक उपासिकाकोे सहभागिता थियो।

लुम्बिनीमा भएका यस्ता खालका कार्यक्रमले यहाँ पर्यटक आवागमनमा वृद्धि हुने गरेको भिक्षु सागरधम्मले उल्लेख गरे। उनले लुम्बिनीमा पर्यटकीय वातावरण बन्दै जानुका साथै सुन्दर बन्दै गएका कारण लुम्बिनी आउने पर्यटकको सङख्यामा वृद्धि भएको बताए ।

‘अहिले लुम्बिनीमा अत्याधिक मात्रामा पर्यटक बढ्नुको अर्को कारण भनेको मिडिया हो,’ भिक्षु धम्मले भने, ‘विश्वभरका मिडियामा लुम्बिनीको प्रचार प्रसार व्यापक छ।  

लुम्बिनीमा सन् २०१९ को जनवरीमा १३ हजार ६ सय १९, फेब्रुअरीमा २५ हजार ८ सय ६८, मार्चमा २९ हजार ४००, अप्रिलमा ८ हजार ६ सय ५०, मेमा ३ हजार २ सय २८, जुनमा २ हजार ३ सय ९०, जुलाईमा ३ हजार ३ सय ७६, अगस्टमा १४ हजार ७ सय ३८, सेप्टेम्बरमा ८ हजार ६ सय २७, अक्टुबरमा १८ हजार ५ सय ७७, नोभेम्बरमा २६ हजार ७ सय ७२, डिसेम्बरमा १७ हजार ८ सय ३८ पर्यटक आएका छन्।

प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६  १९:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम पुर्पक्षका लागि जेल चलान
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ
राहदानी विभागका महानिर्देशक अर्याल र निर्देशक केसीलाई चार दिन थुनामा राख्न अनुमति
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम पुर्पक्षका लागि जेल चलान मंगलबार, असार २, २०८३
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ मंगलबार, असार २, २०८३
राहदानी विभागका महानिर्देशक अर्याल र निर्देशक केसीलाई चार दिन थुनामा राख्न अनुमति मंगलबार, असार २, २०८३
‘नेपाली चियामाथि भारतको अवरोध प्राविधिक मात्र होइन कूटनीतिक हो, सरकारले वार्ता गरोस्’ मंगलबार, असार २, २०८३
रास्वपाद्वारा प्रथम राष्ट्रिय महाधिवेशनको स्थान परिवर्तन मंगलबार, असार २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि-जीवीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा रुपन्देही अदालतले पनि फिर्ता सोमबार, असार १, २०८३
भाइरल भिडियोबारे रास्वपा सांसद सृष्टि भट्टराईको प्रष्टीकरण : त्यो पुरानो र निजी क्षण हो मंगलबार, असार २, २०८३
रास्वपाद्वारा प्रथम राष्ट्रिय महाधिवेशनको स्थान परिवर्तन मंगलबार, असार २, २०८३
शिक्षक सरुवामा कडाइ सोमबार, असार १, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? सोमबार, असार १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
महावीर पुन मन्त्री बन्दै मंगलबार, जेठ २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्